बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटन मुद्दा : एमिकस क्युरीको बहस आज पनि जारी

प्रतिनिधिसभा विघटन मुद्दा : एमिकस क्युरीको बहस आज पनि जारी

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीको बहस आज पनि जारी छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीको बहस आज पनि जारी छ। 

triton college

संवैधानिक इजलासमा जारी सुनुवाइमा अहिले वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले बहस गरिरहेका छन्। 

मंगलबारबाट एमिकसका तर्फबाट बहस सुरु भएको हो। 

सर्वोच्च अदालतमा परेका रिटमाथि दुवै पक्षको बहस सकिएपछि अदालतको सहयोगीका रुपमा रहेको एमिकस क्युरीका विज्ञ कानुन व्यवसायीले बहस सुरु गरेका छन्। 

सर्वोच्च अदालतले नेपाल बार एशोसिएसनबाट तीनजना र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुईजना एमिकस क्युरी माग गरेको थियो। 

corrent noodles
Metro Mart

जसअनुसार नेपाल बारबाट बद्रिबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठकले एमिकस क्युरीको रुपमा बहस गर्नेछन्।

मंगलबार वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले बहस गरेका थिए। 

एमिकस क्युरीले कुनै पनि पक्ष वा विपक्षमा बहस नगरेर अदालतलाई रायमात्रै दिनेछन्। 

एमिकस क्युरीको रायपछि सर्वोच्च अदालतले फैसला सुनाउने छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन्। 

प्रधानमन्त्रीको कदमलाई लिएर सर्वत्र आलोचना भइरहेको छ। प्रधानमन्त्रीको सिफारिस आँखा चिम्लेर सदर गरेको भन्दै राष्ट्रपति पनि आलोचित छिन्। 

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्। ती रिटमाथि संवैधानिक इजलासमा बहस भइरहेको छ। 

पक्ष–विपक्ष दुवैको बहस सकिएर मंगलबारदेखि एमिकस क्युरीका सदस्यहरुले राय दिइरहेका छन्। 

प्रकाशित: Feb 17, 2021| 06:30 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।