शनिबार, वैशाख १५, २०८१

अब कम्युनिस्टको रुने पालो आयो : खाँड  

नेपाली कांग्रेसका नेता बालकृष्णा खाँडले कम्युनिस्ट सरकार बनेपछि जनतालाई बोल्न र हाँस्न नदिइएको बताएका छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता बालकृष्णा खाँडले कम्युनिस्ट सरकार बनेपछि जनतालाई बोल्न र हाँस्न नदिइएको बताएका छन्।

triton college

प्रतिनिधिसभा विघटनविरुद्ध बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै खाँडले अब जनताको रुने दिन सकिएको र कम्युनिस्टको रुने दिन सुरु भएको बताए।

‘कम्युनिस्टको सकार बनेपछि जनतालाई बोल्न र हाँस्न दिइएको छैन। अब जनताको रुने दिन सकियो। अब रुने दिन कम्युनिस्टहरुको आएको छ,’ उनले भने, ‘यो संविधानको जगमा उभिएर सरकार बनेको हो। तर, सरकार बनेपछि संविधानमाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न विधेयक ल्याएर सरकारले संविधानमाथि प्रहार गरिरहेको छ।’

उनले ओलीले जनताको अधिकार खोस्ने र संविधान च्यात्ने प्रयत्न गरेको भन्दै जनता र कांग्रेसले ओलीको त्यो प्रयासलाई स्वीकार नगर्ने बताए।

‘ओलीले संविधान च्यात्न खोज्दै लोकतन्त्र मास्न खोज्दैछन्। जनताको अधिकार खोसिन्न, संविधान सकिँदैन। बरु अब सकिने पालो कम्युनिस्टको आएको छ।

corrent noodles
Metro Mart

यसका लागि कांग्रेस बलियो हुन जरुरी छ,’ उनले भने, ‘उनले एक मिनेट पनि सरकारमा बस्ने अधिकार छैन। नेपाली जनताले दिन गन्न सुरु गरिसकेका छन्।’ उनले संविधान च्यात्ने काम बन्द नगरे कांग्रेसले आन्दोलनको घोषणा गर्ने र त्यसले ओलीलाई घुँडा टेकाउने बताए।

प्रकाशित: Feb 15, 2021| 09:14 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।