शनिबार, वैशाख १५, २०८१

‘महारानी’ का बानियाँलाई मदन पुरस्कार अर्पण

मदन पुरस्कार गुठीले लेखक चन्द्रप्रकाश बानियाँलाई २०७६ सालको मदन पुरस्कार हस्तान्तरण गरेको छ।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

पोखरा- मदन पुरस्कार गुठीले लेखक चन्द्रप्रकाश बानियाँलाई २०७६ सालको मदन पुरस्कार हस्तान्तरण गरेको छ।

triton college

सात वर्षदेखि पोखरा बस्दै आएका महारानी उपन्यासका लेखक बानियाँलाई गुठीले पोखरामै पुरस्कार हस्तान्तरण गरेको हो। यसअघि भर्चुअल रुपमा कार्यक्रम भए पनि प्रमाणपत्र भने हस्तान्तरण हुन सकेको थिएन। 

लेखक बानियाँलाई गुठी अध्यक्ष कुन्द दीक्षितले ताम्रपत्र अर्पण गरे। स्वास्थ्यका कारण काठमाडौं जान नसकेपछि बानियाँलाई गुठीले पोखरामै पुरस्कार अर्पण गर्ने टुंगोमा पुगेको अध्यक्ष दीक्षितले बताए। 

गुठीले प्रदान गर्दै आएको जगदम्बाश्री सम्मान पनि शनिबार नै भारत सिलगुढीमै पुगेर शान्ति ठटाललाई अर्पण गरिएको छ। उक्त पुरस्कार अर्पण गर्न कनकमणि दीक्षितले सिलगुढी पुगेका छन्। 

पुरस्कार ग्रहणपछि लेखक बानियाँले भने, ‘कोरोना भाइरसले गुन लगायो। मलाई पुरस्कार दिन पोखरा आउनुहुन्छ भन्ने थाहा पाएको भए त म बेनी नै आउनुस् भन्थें नि! पोखरा किन भन्थें?’ 

corrent noodles
Metro Mart

बानियाँ म्याग्दीको बेनीका स्थायी बासिन्दा हुन्। उनले लेखेको उपन्यास महारानीमा पर्वत राज्यको इतिहास समावेश छ। 

बानियाँले यो उपन्यास पोखरामै बसेर लेखेका हुन्। बानियाँका महारानीबाहेक भौंज्याहासहित ४ वटा कृति आइसकेका छन्।

गुठीका अध्यक्ष कुन्द दीक्षितले लेखककै सहरमा पुरस्कार अर्पण गर्न पाएकोमा खुसी व्यक्त गरे। 

उनले आगामी वर्ष पनि यसरी नै राजधानीबाहिर कार्यक्रम गरेर पुरस्कार प्रदान गर्ने बताए। 

पोखराका कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कार्यक्रमका लागि विद्वत प्रवचन दिएका थिए। स्वास्थ्यका कारण श्रेष्ठ आउन नसकेकाले पत्रकार अमृत सुवेदीले उनको प्रवचन वाचन गरे। 

गण्डकी प्रदेशबाट मदन पुरस्कार पाउने बानिया चौथो स्रष्टा हुन्। यसअघि पोखराका सरुभक्तले २०४८ सालमा पागल बस्तीका लागि मदन पुरस्कर जितेका थिए। 

‘मंगली कुसुम’ कीर्तिका लागि पोखराकै धर्मराज थापाले २०२५ सालम उक्त पुरस्कार पाएका थिए। सबैभन्दा सानो उमेरमा र यो भेगबाट पहिला मदन पुरस्कार पाउने लेखक मुकुन्दशरण उपाध्याय हुन्। 

उनको कृति प्राकृत पोखरा २०२१ सालमा पुरस्कृत भएको हो। उपाध्याय पोखराकै हुन्। 
 

प्रकाशित: Feb 13, 2021| 13:26 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।