शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसलाई पोखरेलको सुझाव : सडकमा होइन, चुनावको तयारीमा लाग्नुहोस्

कांग्रेसलाई पोखरेलको सुझाव : सडकमा होइन, चुनावको तयारीमा लाग्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले सरकार र आफ्नो पार्टी चुनावको तयारीमा होमिइसकेको भन्दै कांग्रेसले पनि चुनावको तयारी गर्नुपर्ने सुझाव दिएका छन्।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले सरकार र आफ्नो पार्टी चुनावको तयारीमा होमिइसकेको भन्दै कांग्रेसले पनि चुनावको तयारी गर्नुपर्ने सुझाव दिएका छन्।

triton college

आइतबार रिपोर्टर्स क्लबमा बोल्दै पोखरेलले निर्वाचनको तयारीस्वरुप आफ्नो दलले विभिन्न ठाउँमा कार्यक्रम गरिराखेको दाबी गरे। उनले भने, ‘संसद विघटनसम्बन्धी मुद्दा अहिले अदालतमा बहसको क्रममा छ। अहिले परिस्थिति कता जान्छ ? के हुन्छ ? भन्ने प्रश्न छ। कतिपय सन्दर्भमा, प्रतिनिधिसभा विघटन संवैधानिक वा गैरसंवैधानिक भनेर पनि बहस छ।

सत्ताधारी दलभित्र जुन परिस्थिति उत्पन्न भयो। आफ्नै पार्टीका साथीहरुबाट प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव राख्ने तयारी थियो। प्रतिनिधिसभाको विघटन धारा ५८ अनुसार विघटन भएको हो। प्रतिनिधिसभा विघट गर्नु प्रधानमन्त्रीको अधिकार हो।’

नेता पोखेरेलले प्रतिनिधिसभा पूनःस्थापना नहुने विश्वास व्यक्त गरे। उनले भने, ‘संसद पुनर्स्थापना हुन्छ कि भन्ने चर्चा छ, हुन्छ कि भनेर अलमलिनुहुँदैन, प्रधानमन्त्रीले जनतामाँझ जाने निर्णय गर्नुभयो। मुद्दाको सुनुवाईपछि सबै निर्वाचनमा जानुपर्छ। यसमा जान तयारी गर्न म सबै दललाई आग्रह र अनुरोध गर्न चाहन्छु।’ 

उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संविधान संरक्षण गर्न सक्दैन, संघीयता खारेज गर्छ भनेर प्रचार गरिएको भन्दै दुःख व्यक्त गरे। ती प्रचार र आरोपको जवाफ यही माघ २३ गते काठमाडौंमा आयोजित आफ्नो पार्टीको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार र आफ्नो दल संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको र यसलाई कसैले केही गर्छु भनेर नसोचे पनि हुन्छ भनेर जवाफ दिएको पनि उनले सुनाए।

corrent noodles
Metro Mart

उनले थपे, ‘प्रधानमन्त्रीले आफ्नो धारणा राखिसक्नुभयो। नेकपा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, अराजकताको अन्त्य र राष्ट्रिय स्वाधिनताको पक्षमा दृढताका साथ अघि बढ्छ। आजको संघर्ष स्वाधिनताको पक्ष र समर्पणवादीको पक्षबीच भैरहेको छ। कालापानीबाट भारतीय सेना हटाउनुपर्छ। पार्टीभित्र अराजकता सिर्जना गर्नुहुँदैन। मुलुकको अराजकता अन्त्य गर्नुपर्छ।’

उनले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै निर्वाचनको विकल्प नभएको सुनाए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि निर्वाचनमा होमिन उनले आग्रह गरे। उनले भने, ‘कांग्रेस पनि सडकमा होइन, निर्वाचनको तयारीमा जानुपर्छ।’

मान्छेलाई आफ्नो ढंगबाट तर्क राख्ने र बहस राख्ने कुरा स्वभाविक भएको उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विषयमा सर्वोच्च अदालतले संवैधानिक ढंगले व्याख्या गर्ने विश्वास दिलाए। उनले भने, ‘के आशा गरेको छु भने कतिपय कुरा संवैधानिक ढंगले व्याख्या गर्नुपर्छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्पष्टतालाई व्याख्या गर्नेछ। संविधान जुन परिस्थितिले, हामीले सम्झौता गरेर बनाएका हौं। संसदीय प्रणाली अनपाएको मुलुकमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई अधिकार छ। मैले विश्वभरिका घट्ना हेरेँ। ६६ वटा घट्ना देखियो। त्यसमा दुई वटामात्रै पुनर्स्थपना भएका रहेछन्।’

उनले आफूले संविधान हेरेर बहस गर्ने काम नगर्ने सुनाउँदै त्यसबारेमा अदालतले छिट्टै एउटा फैसला दिने पनि बताए। अहिले प्रधानमन्त्री ओलीको पछिल्लो कदमले पार्टीभित्रको आन्तरिक शुद्धिकरण भएको सुनाए। उनकाअनुसार प्रधानमन्त्री ओलीले माटोलाई माया गर्नेलाई, विकास र जनतालाई माया गर्नेमात्रै प्रतिनिधिसभामा खाँचो रहेको कुरा बताउने गरेका छन्। उनले भने, ‘वास्तवमा टिकट दिने कुरामा निकै सजग अपनाउनुपर्ने रहेछ  भन्ने प्रधानमन्त्रीको भनाइ छ।’

उनले आफूहरुले गर्दै आएका सभा तथा सम्मेलन शक्ति प्रदर्शन नभएर चुनावको तयारी भएको स्पष्ट पारे। पोखरेलले भने, ‘यो कार्यक्रम चार वटा उद्देश्यमा थियो। न मार्चण्डको विरोधमा। संसद विघटन र निर्वाचन घोषणा गरेका थियौं। जनता परिचालित गरेर आफूतिर आकर्षित गर्नु हाम्रो दायित्व हो। दाहाल र नेपाल समूहबाट हामीविरुद्ध भ्रम छर्ने काम भयो, त्यसको जवाफ दिन पनि हामीले कार्यक्रम गरेका हौं। हामी निर्वाचनमा गयौँ, तपाईहरु पछि नपर्नुहोस् भनेर कार्यक्रम गरेका हौँ। तोकिएकै मितिमा निर्वाचन हुन्छ। चुनाव जित्नको लागि कार्यक्रम गर्छौँ। बाग्मती प्रदेशमा भन्नुहुन्छ भने यस ढंगको कार्यक्रम गर्छौँ। यो भनेको चुनावी तयारीस्वरुपको जनपरिचालन हो।’

जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक संसद विघटनविरुद्ध आगामी फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गरिने बताएका छन्। त्यसको लागि दलहरु आन्तरिक छलफलकै क्रममा रहेको उनको भनाइ छ। 

नेता कर्णले जनताले आफ्नो सार्वभौमसत्ताको प्रयोग आफ्नो प्रतिनिधिमार्फत गरेको सुनाउँदै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गरे। उनले भने, ‘यो हाम्रो लोकतन्त्र प्रतिनिधिमूलक लोकतन्त्र हो। लोकतन्त्रको समाप्ति एक जना व्यक्ति, प्रधानमन्त्रीले गर्नुभयो। एक जना व्यक्ति, प्रधानमन्त्रीले मात्रै संसद विघटन गरिदिएर जनताको अधिकार खोसिदिए।’

उनले अहिलेको अवस्थामा संविधान रहने हो कि होइन ? गणतन्त्र, लोकतन्त्र, संघीयता रहने हो कि होइन भन्ने विषयमा ठूलो चूनौती आएको पनि सुनाए। उनले भने, ‘यो चूनौतीको सामना गर्नको लागि नेकपा दुई समूह विभाजित छ। एक समूह सडकमा छ। कांग्रेस पनि सडकमा छ। जसपा पनि सडकमा छ। नेपालमा पटक पटक प्रतिगमन भयो। यसपालि पनि प्रतिगमन भयो।’ 

प्रकाशित: Feb 07, 2021| 12:10 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।