बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • समाज रुपान्तरणको अभियान अझ सशक्त बनाउनुपर्छ : उपसभामुख थारु

समाज रुपान्तरणको अभियान अझ सशक्त बनाउनुपर्छ : उपसभामुख थारु

लुम्बिनी प्रदेशसभाकी उपसभामुख कृष्णी थारुले सामाजिक न्याय र परिवर्तनका मुद्दा अझै नटुंगिएको बताएकी छन्।
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

बुटवल- लुम्बिनी प्रदेशसभाकी उपसभामुख कृष्णी थारुले सामाजिक न्याय र परिवर्तनका मुद्दा अझै नटुंगिएको बताएकी छन्।

triton college

उनले समाजमा अझै पनि विभेदहरु कायमै रहेकाले सामाज रुपान्तरणको अभियान अझ सशक्त बनाउनुपर्नेमा जोड दिइन्। 
सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले शनिबार बुटवलमा आयोजना गरेको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकी हुन्। 

आफूँ कम्लहरी हुँदा धेरै पीडा सहेकाले अरुले सहन नपरोस् भन्ने उद्देश्यले नै मुक्तिको आन्दोलनको नेतृत्व गर्दै प्रदेशसभाको यात्रा तय गरेको उनले सुनाइन्।

उनले संघर्षबिना अधिकार स्थापित हुन नसक्ने बताइन्। ‘प्रदेशसभाबाट लैंगिकमैत्री कानून बनाउन प्रतिबद्ध छु’ उनले भनिन्। सक्रियता रहने प्रतिबद्धता जनाए।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सम्झना शर्माले अधिकारमूखी संस्थामा काम गर्दासमेत लैंगिकमैत्री वातावरण नभएको बताइन्। महिलाहरुलाई हेर्ने दृष्टिकोण पनि अझै सकारात्मक हुन नसकेको उनको भनाइ छ। 

corrent noodles
Metro Mart

गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, सञ्चारिका समूह रुपन्देहीका सल्लाहकारहरु माया गौतम, इन्दिरा अर्याल र अमृता अनमोलले महिला भएकै कारण पत्रकार महिलालाई गर्ने व्यहार फरक भएको बताए। 

प्रकाशित: Feb 06, 2021| 13:01 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।