शनिबार, वैशाख २९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटन : नायब महान्यायाधिवक्ताले सुरु गरे आजको बहस

प्रतिनिधिसभा विघटन : नायब महान्यायाधिवक्ताले सुरु गरे आजको बहस

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दाको सुनुवाइ आज बिहीबार पनि सुरू भएको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दाको सुनुवाइ आज बिहीबार पनि सुरू भएको छ।

triton college

सरकारी पक्षबाट नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले आजको बहस सुरू गरेका छन्। हिजोदेखि बहस सुरू गरेका उनको बहस नसकिएकाले आज उनले नै सुरू गरेका हुन्। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ जारी छ। 

माघ ४ देखि मुद्दामा निरन्तर हुँदै आइरहेको सुनुवाइमा सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरिसकेका छन्। 

उनीहरु दुवैले संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार भएको जिकिर गरेका छन्। सरकारी पक्ष र प्रधानमन्त्रीका तर्फबाट निजी कानुन व्यवसायीहरुले पनि बहस गर्न बाँकी नै छ। 

corrent noodles
Metro Mart

सरकारी पक्षको बहस सकिएपछि सर्वोच्च अदालतमा एमीकस क्यूरीका तर्फबाट सहभागीहरुले बहस गर्नेछन्। त्यसपछि रिट निवेदकका तर्फबाट पुनः जवाफ दिने काम हुनेछ।

प्रकाशित: Feb 04, 2021| 06:16 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।