शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युतीय स्कुटर चढ्दा वर्षमा ५० हजार बचत हुन्छ : रूपक भट्टराई 

विद्युतीय स्कुटर चढ्दा वर्षमा ५० हजार बचत हुन्छ : रूपक भट्टराई 

 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

विद्युतीय स्कुटर पेट्रोलले चल्नेभन्दा के कुरामा भिन्न छ ?

triton college

मध्यमवर्गको लागि दुई पाङ्ग्रे सवारीसाधन नभई नहुने भइसकेको छ। पेट्रोल स्कुटरको तुलनामा लागत कम पर्ने, प्रदूषण नहुने, सञ्चालन र मर्मत खर्च पनि निकै कम भएकोले मध्यमवर्गको लागि विद्युतीय स्कुटर निकै उपयोगी छ। सरकारले पनि भन्सार, वार्षिक करलगायतमा भारी छुट दिएको छ। भविष्य पूरै विद्युतीय सवारीको हुनेमा दुईमत छैन। त्यसैले उपभोक्ताको पनि विस्तारै रोजाइ यतातिर बढिरहेको छ। 

विद्युतीय स्कुटर पेट्रोलजस्तो टिकाउ हुँदैन, स्पेयर पार्टस् सहजै उपलब्ध हुँदैनन् भन्ने गुनासो सुनिन्छ नि ? 

सबै कम्पनीको हकमा त्यो लागू हुँदैन। ह्वाइट लोटस मोटर्सले भारतको लोकप्रिय ‘प्योर इभी’ ब्राण्डको स्कुटर नेपालमा बिक्री गर्दै आइरहेको छ। यो कम्पनीको स्कुटर भारतमा ४० हजार युनिटभन्दा बढी बिक्री भइसकेको छ। बाङ्लादेश, श्रीलंकाजस्ता देशमा स्कुटर बिक्री भइरहेका छन्। त्यसैले यसको गुणस्तरमा कुनै शंका गर्नु पर्दैन। 

हामीले बिक्रीपछिको सेवालाई पनि त्यतिकै ध्यान दिएका छौँ। देशभर डिलर र शोरुम स्थापना गरिरहेका छौँ। बिक्रीपछि गुणस्तरीय सेवा दिनको लागि भर्खरै दुईजना प्राविधिकलाई हैदरावाद तालिमको लागि पठाएका छौँ। 

corrent noodles
Metro Mart

प्योरका स्कुटर दिगो छन्। आगामी अप्रिलदेखि विद्युतीय मोटरसाइकल पनि हामी भित्र्याउँदै छौँ। प्योर ईभीका स्कुटर गुणस्तरीय भएकै कारणले कम्पनीले तीन वर्ष वा ४० हजार किलोमिटर वारेन्टी दिएको छ। 

अर्को कुरा प्योर ब्राण्डका स्कुटर गुणस्तरीय भएकै कारण ‘क’ वर्गका नबिल, एनआईसी एसिया र माछापुच्छ्रे बैंकले कर्जा लगानी पनि गरिरहेका छन्।  

सरकारले अन्यजस्तै विद्युतीय दुई पाङ्ग्रे सवारीलाई पनि दर्ता, लाइसेन्सलगायतको प्रक्रियामा ल्याएपछि व्यवसायमा केही फरक परेको छ ?

सरकारले विद्युतीय स्कुटर, मोटरसाइकलमा वार्षिक दुई हजार मात्रै सडक दस्तुर उठाउँछ। लाइसेन्स, नम्बर प्लेटलगायत व्यवस्था अनिवार्य गरिएपछि ग्राहकले विश्वास गर्न थालेका छन्। यसअघि दर्ता नहुने, बिमा नहुने, लाइसेन्स पनि नचाहिने हुँदा विद्युतीय स्कुटर वा मोटरसाइकलप्रति आकर्षण कम थियो। अब बिमा हुने हुँदा सबै जोखिम ग्राहकले मात्रै व्यहोर्नु पर्दैन। सरकारको उक्त निर्णयले विश्वसनियता बढाएको छ। 

भन्सार, सडक दस्तुरलगायतमा भारी छुट भए पनि मूल्य त सस्तो छैन नि ?

पेट्रोल स्कुटरजस्तो ठूलो संख्यामा उत्पादन नहुने हुँदा यसको लागत केही महँगो पर्न गएको हो। यसको बनाउने प्रविधि नयाँ हो। त्यस कारणले उत्पादन खर्च केही बढी छ। अर्को कुरा लिथियम ब्याट्री प्रयोग भएको हुँदा पनि केही महँगो परेकोे हो। तर राज्यले करमा छुट नदिने हो भने त यसको लागत असाध्यै महँगो पर्न जान्छ। 

विद्युतीय स्कुटर प्रयोगका फाइदाचाहिँ के छन् ?

हामीले बिक्री गरिरहेका दुवै रेन्जका स्कुटर तीव्र गतिमा गुड्न सक्छन्। ६० किलोमिटर प्रतिघण्टामा गतिमा गुड्न सक्छन्। शून्य चार्ज भएको अवस्थामा फुल चार्ज हुन बढीमा चार घण्टा लाग्छ। र एकपटक फुल चार्ज भए ११६ किलोमिटर गुडाउन सकिन्छ। दुवै स्कुटरमा लिथियम आयन ब्याट्री प्रयोग भएको छ। यसलाई हामीले प्रयोग गरिरहेको सामान्य सकेटबाट घरमै चार्ज गर्न सकिन्छ। विद्युतीय स्कुटर चढ्दा स्पेयर पार्टस्, सर्भिसिङ, इन्धन सबै गरी कम्तिमा ५० हजार वार्षिक बचत हुन्छ। 

विद्युतीय स्कुटर चढ्दा राज्यलाई दुई तरिकाले योगदान हुन्छ। पहिलो पेट्रोलियम पदार्थको आयात घट्छ। यसले व्यापार घाटा कम गर्न मद्दत गर्छ। दोस्रो हामी आत्मनिर्भर बन्न प्रेरित हुन्छौं। स्वदेशमै उत्पादन हुने विद्युत् जति प्रयोग गर्छौं, त्यति यसको लागत पनि घट्छ। प्रदूषण नियन्त्रणमा विद्युतीय साधनको योगदानको कुरै गर्नु परेन।  


 

प्रकाशित: Feb 03, 2021| 06:38 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्