शनिबार, वैशाख १५, २०८१

निराशाजनक ट्रान्सफरले गहिरिएको जिदान र कोम्यानको संकट

गत सिजन ला लिगाको उपाधिका लागि अन्तिम समयसम्म रियल मड्रिड र बार्सिलोनाबीच लुकामारी चल्यो। अंक तालिकामा यी दुई क्लबबीच चलेको लुकामारीले उपाधिको टुंगो लाग्न सिजनको अन्त्यसम्म कुर्नुपर्‍यो।
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– गत सिजन ला लिगाको उपाधिका लागि अन्तिम समयसम्म रियल मड्रिड र बार्सिलोनाबीच लुकामारी चल्यो। अंक तालिकामा यी दुई क्लबबीच चलेको लुकामारीले उपाधिको टुंगो लाग्न सिजनको अन्त्यसम्म कुर्नुपर्‍यो।

triton college

उपाधि होडको चरम प्रतिस्पर्धालाई छोडेर यी दुई क्लबले मैदानमा गरेको प्रदर्शन हेर्ने हो भने प्रशंसा गर्नुपर्ने कारण देखिँदैन। किनकि दुवैको प्रदर्शन कमजोर थियो। त्यसैले त लिगको निर्णायक खेलमा कमजोर क्लबविरुद्ध बार्सिलोनाले बराबरी खेलेको फाइदा उठाउँदै रियलले उपाधि जित्यो। 

यो त भयो घरेलु लिगको कुरा। च्याम्पियन्स लिगतर्फ फर्कने हो भने दुवै क्लबका लागि गत सिजन सम्झन लायक रहेन। च्याम्पियन्स लिगमा बार्सिलोना जसोतसो क्वार्टरफाइनल पुग्यो। तर, जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को शर्मनाक हार व्यहोरेर बाहिरियो। रियलले त अन्तिम १६ नै पार गर्न सकेन। 

यदि २०१९ को अंक बिर्सिदिने हो रियलले २००९–१० सिजन यताकै खराब अंक जोडेर लिग जित्यो। २०११–१२ को सिजनमा सय अंक बनाएर लिग जितेको रियलले त्यो भन्दा १३ अंक कम जोडेर जिनेदिन जिदानले घरेलु लिगको उपाधि दिलाए। 

यता बार्सिलोनको कथा छुट्टै छ। सन् २०२० को जनवरीमा प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेर क्विके सेटिएनलाई जिम्मेवारी दिइए पनि टोलीको प्रदर्शनमा सुधार आएन। फलस्वरुप सेटिएन प्रशिक्षक नियुक्त भएको सात महिना पुग्न तीन दिन बाँकी रहँदा अगस्ट १७ मा उनी पनि बर्खास्तीमा परे। उनी बर्खास्तीमा पर्नुको मुख्य कारण थियो– बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार।

corrent noodles
Metro Mart

त्यसपछि नै त हो बार्सिलोनाले क्लबका पूर्व खेलाडी रोनाल्ड कोम्यानलाई प्रशिक्षकको जिम्मेवारी दिएको। तर, उनको नेतृत्वको बार्सिलोनाको खेल हेर्दा सन्तोष व्यक्त गर्ने ठाउँ देखिँदैन।  

समर फुटबल ट्रान्सफर विन्डोमा रियल र बार्सिलोना केही खेलाडी भित्र्याए र केही खेलाडी बेचे। तर सोमबारमात्र बन्द भएको जनवरी ट्रान्सफर विन्डो जिदान र कोम्यान दुवैका लागि सुखद् रहन सकेन। यस्तोमा उनीहरु सन्तुष्ट  छन् त ? 

हाँस्न बिर्सिएका जिदान 

समर ट्रान्सफर विन्डोमा जिदानको लक्ष्य थियो– हामेस रोड्रिग्वेज र ग्यारेथ वेलको बहिगर्मन। नभन्दै जिदानको यो उद्देश्य पूरा भयो। जिदानले वेल रहेसम्म क्लबले केही गर्न नसक्ने आशय बेलाबखतमा व्यक्त गर्दै आएका थिए। अन्ततः बेल पूर्व क्लब टोटेनहम फर्किए। हामेसले भने आफ्ना विश्वसनीय प्रशिक्षक कार्लो एन्सोलोटीलाई रोजेर इंग्लिस क्लब एभर्टनतर्फ हान्निए। 

यी दुई खेलाडीको बहिर्गमनपछि जिदानले भनेका थिए– यो लिग जित्नका लागि परिपक्व टिम हो। तर सधैं सोचे अनुसार कहाँ हुन्छ र ? मध्य सिजनसम्म आइपुग्दा जिदानको रणनीति विफल हुँदै गएको छ। उनले च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिने खतरा जसोतसो टारेका छन्। र लिगमा समेत रियलको प्रदर्शन एकनासको छैन। यस्तै रियल कोपा डेल रे बाट बाहिरिइसकेको छ भने स्पेनिस सुपरकप जित्ने सपना समेत अधुरै बनेको छ। 

क्लबको फितलो प्रदर्शनका बाबजुद पनि रियलले जनवरी ट्रान्सफर विन्डोमा खर्च गरेन। एक महिना खुला रहेर सोमबार राति बन्द भएको विन्डोमा रियलले कुनै खेलाडी भित्र्याएन। बरु विन्डो सकिँदै गर्दा कप्तान सर्जियो रामोसले क्लब छोड्ने समाचारले चर्चा पाइरहेको छ। 

यी भेट्रान डिफेन्डरलाई बायर्न म्युनिख र पीएसजीले अनुबन्ध गर्न इच्छा देखाएका छन्। यो दौडमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि देखिएको छ। भलै रामोसले रियल छोड्छन् वा छोड्दैनन् त्यो भने समरमा मात्रै थाहा हुनेछ। रियलचाहिँ पीएसजीका फरवार्ड केलियन एम्बाप्पे ल्याउन उत्सुक देखिन्छ।

तर, एम्बाप्पेले फ्रान्स फुटबलसँगको कुराकानीमा आफ्नो सपना नेयमारलाई सहयोग गर्नु रहेको बताएका छन्। एम्बाप्पे र नेयमारलाई लिएर च्याम्पियन्स लिगमा जित्ने दाउमा रहेको पीएसजीले सहजै रियललाई आफ्ना स्टार बेच्ने अनुमान गर्न सकिँदैन।

खासगरी क्रिस्टियानो रोनाल्डोले छोडेपछि कमजोर देखिएको रियलले धेरै कुरामा परिवर्तन चाहन्छ। केही खेलाडी बेचेर एम्बाप्पे किन्ने दाउमा रियल छ। बेचिने खेलाडीको सूचीको पहिलो नम्बरमा बेल छन्। अहिले लोनमा टोटनहमबाट खेलिरहेका उनी सिजनको अन्त्यसँगै रियल फर्कनेछन्।

त्यस्तै, ब्राजिलका भेट्रान लेफ्ट ब्याक मार्सेलोलाई समेत रियलले बेच्ने खेलाडीको सूचीमा राखेको छ। सर्बियन स्ट्राइकर लुका जोभिक, स्पेनकै इस्को, ड्यानी सेबालोस र ब्रहिम डियाज समेत बेचिने खेलाडीको सूचीमा छन्। 

कोम्यानको थकथकी

डच प्रशिक्षक कोम्यानको आगमनसँगै बार्सिलोनाको ड्रेसिङ रूममा हलचल पैदा भयो। क्लबका कप्तान लियोनल मेस्सी बोलाएर क्लबमा उनको वर्चस्व सकियो समेत भन्न भ्याए। अन्य खेलाडीलाई फोन गरेर अर्को क्लब खोज्न सुझाव दिए।

कोम्यानको आगमनसँगै इभान राकिटिक पूर्व क्लब सेभियामा फर्किए। आर्थुरो भिडाल इटालियन क्लब इन्टर मिलान पुगे। नेल्सन सेमेडो वुल्भरह्याम्टन पुगे। मेस्सीका घनिष्ट मित्र तथा भेट्रान स्ट्राइकर लुइस स्वारेज एट्लेटिको मड्रिड पुगे। यी मध्ये राकिटिक, भिडाल र स्वारेजलाई बार्सिलोनाले कौडीको भाउमा बेच्यो। 

अहिले स्वारेजले एट्लेटिकोमा गज्जबको प्रदर्शन गरिरहेका छन्। चालू सिजनमा घरेलु लिगामा १४ गोल गरेर उनी शीर्ष गोलकर्ताको सूचीको पहिलो नम्बरमा छन्। बार्सिलोनाले उनको विकल्प हालसम्म भित्र्याउन सकेको छैन र उनको स्थान कसैले लिन सकेको छैन। यस्तोमा बार्सिलोनाले अपमान गरेर निकालेका स्वारेजले गरेको प्रदर्शनले कोम्यानलाई पक्कै थकथकी लागेको छ।

ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्हो भने कोम्यानको योजनामा परे। कोम्यानले नै अन्सू फाती, मेस्सी र काउटिन्होलाई अघि सारेर सिजनको सुरु गरे। तर, समरमा राम्रा खेलाडी बेचेको बार्सिलोनाले जनवरी विन्डोमा खेलाडी भित्र्याउन सकेन। एकातर्फ कोरोना महामारीले सुकाएको आम्दानी र क्लबको बोर्डमा देखिएको तरल परिस्थितीले बार्सिलोनाले खेलाडी अनुबन्ध गर्न सकेन।

बार्सिलोना खेलाडी किन्ने मामलामा समर ट्रान्सफर विन्डोमै असफल बनिसकेको थियो। अक्टोबर ५ को राति समर विन्डो बन्द हुँदा बार्सा इन्टर मिलानका लाउटारो मार्टिनेज र लियोनका मेम्फिस डिपे किन्न असफल रह्यो। त्यस्तै सिटीका एरिक गर्सिया अनुबन्ध गर्ने बार्साको प्रयास समेत असफल बन्यो।

मार्टिन ब्रेथवेट, सामुअल उमटिटी, जुनियर फिर्पो लगायतका खेलाडी बेच्ने बार्साको प्रयास समेत असफल बन्यो। यी तथ्यले कोम्यान नेतृत्वको बार्सिलोना मैदानमा जस्तै ट्रान्सफर मार्केटमा समेत फिक्का देखिएको छ। 

फुकेनन् क्लबका थैली 

यो वर्ष रियल र बार्सिलोना दुवैले ट्रान्सफर मार्केटमा खर्च गर्न आफ्नो थैली फुकाएनन्। महामारीका कारण घटेको आम्दानी त्यसको कारणका रुपमा लिइएको छ। तर, यो सिजनको प्रदर्शनलाई हेर्दा आगामी सिजनका लागि दुवै क्लबले ठूलै रकम खर्चिनुपर्ने अवस्था देखिन्छ। किनभने जारी लिगमा रियल र बार्सिलोनाले समान २० खेलमा २० अंक गुमाइसकेका छन्। अर्थात् उनीहरुको खातामा ४० अंकमात्रै छ।

तुलनात्मक रुपमा केही कमजोर मानिने एट्लेटिको मड्रिडले यी दुई ठूला क्लबको दबदबा तोड्ने संकेत गरिदिएको छ। यो सिजनमा एट्लेटिकोले रियल र बार्सा भन्दा एक खेल कम खेलेर ५० अंक जोडिसकेको छ। 

त्यसो त ला लिगाका अन्य क्लबले समेत जनवरी ट्रान्सफर विन्डोमा खासै खर्च गरेनन्। पछिल्लो जनवरी विन्डोमा ला लिगाका क्लबहरुले १५१ मिलियन यूरो खर्च गरेका थिए। सन् २०१८ को विन्डोमा त स्पेनिस क्बलहरुले झन्डै तीन सय मिलियन यूरो खर्च गरेका थिए। तर यो सिजनमा लिगका सबै क्लबले केवल २२ मिलियन यूरो मात्र खर्चिएका छन्।

- एजेन्सीहरूकाे सहयाेगमा

प्रकाशित: Feb 02, 2021| 10:57 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।