शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण कार्य तीव्र पार्न निर्देशन

सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण कार्य तीव्र पार्न निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यलाई तीव्र पार्न निर्देशन दिएका छन्।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं–  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यलाई तीव्र पार्न निर्देशन दिएका छन्।

triton college

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधान आयोगका अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन्।

उनले भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताए। अर्थमन्त्री पौडेलले वास्तविक भूमिहीनको लगत संकलन गर्ने कार्य सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनीु पुर्जा उपलब्ध गराउन निर्देशन दिए।

‘स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौं’, पौडेलले भने, काम र परिणाम पनि त्यहीअनुसार आउने गरी काम गर्नुहोस्।’

आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरेको जानकारी दिनुहुँदै १८ घण्टा खटेर काम गर्ने बताए। 

corrent noodles
Metro Mart

आयोगका पदाधिकारीले अहिलेसम्म गरेको कार्य प्रगति र भावी लक्ष्य पनि प्रस्तुत गरेका थिए। 

आयोगका अनुसार ७४ जिल्लाका ४०१ स्थानीय तहसँग भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासी व्यवस्थापन कार्यका लागि समझदारी भइसकेको छ भने १४ वटा स्थानीय तहमा लगत संकलन कार्य जारी छ। 

२०७७ साल फागुनसम्ममा ७५३ स्थानीय तहसँग समझदारी गरी एक सय स्थानीय तहको लगत संकलन कार्य सम्पन्न गरी कम्तीमा पाँच लाख परिवारको विवरण संकलन गरिनेछ। 

यस्तै २०७८ साल असारसम्ममा १ सय स्थानीय तहको नापजाँच कार्य सम्पन्न गरी कम्तीमा ५० हजारलाई जग्गाधनी पुर्जा वितरण गरिनेछ। 


   
 

प्रकाशित: Feb 01, 2021| 11:37 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्