NadaNada
सोमबार, भदौ २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपाललाई टोपबहादुर रायमाझीको सुझाव– कि ओलीसँग मिल्नुस् कि मोहन वैद्यसँग

दाहाल-नेपाललाई टोपबहादुर रायमाझीको सुझाव– कि ओलीसँग मिल्नुस् कि मोहन वैद्यसँग

नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले अब दाहाल–नेपालको बाटो कि चुनाव लड्न प्रधानमन्त्री केपी ओलीसँग आएर टिकट माग्ने कि चुनाव बहिष्कार गरेर मोहन वैद्यतिर जानेमात्रै रहेको टिप्पणी गरेका छन्। 
 |  सोमबार, माघ १९, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

vianetvianet

काठमाडौं– नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले अब दाहाल–नेपालको बाटो कि चुनाव लड्न प्रधानमन्त्री केपी ओलीसँग आएर टिकट माग्ने कि चुनाव बहिष्कार गरेर मोहन वैद्यतिर जानेमात्रै रहेको टिप्पणी गरेका छन्। 

सिरहामा सहिद हेमनारायण यादवको स्मृतिमा आयोजित सभामा उनले यस्तो बताएका हुन्। 

उनले दाहाल र नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष नपाएकोमा ओलीलाई गम्भीर आरोप लगाएको बताए। ती दुवै पद पाएपछि आरोपपत्र फिर्ता लिन आफूहरु तयार रहेको भन्दै उनीहरुले बार्गेनिङ गरेको उनको भनाइ छ। दाहाल नेपालको हर्कतका कारणले नै पार्टीभित्र गम्भीर अवस्था सिर्जना भएको रायमाझीको भनाइ छ। 

केपी ओलीलाई बहुमतबाट हटाउने अभियान नै थालेको भन्दै उनले समीकरण बनाएरै लागेको बताए। ‘प्रतिपक्षीको काँधमा चढेर केपी ओलीलाई तरबारबाट आक्रमण गर्न खोज्नुभयो। अहिले सडक छाप भइरहनुभएको छ। अहिले उहाँहरुको कुनै पनि बाटो छैन। केपी शर्मा ओलीलाई अध्यक्ष मानेर यही पार्टीमा बस्नुपर्यो, कि चोइटिएर जानु पर्यो,’ उनले भने।

रायमाझीले थपे, ‘संसद् पुनःस्थापना कुनै पनि हालतमा हुनेवाला छैन। दाहाल, नेपाललगायत नेताहरुका लागि पार्टीमा सिट खाली नै राखिएको छ। फर्किएर आउनुस्।’
 

Metro Mart

प्रकाशित: Feb 01, 2021| 10:03 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।