सोमबार, वैशाख १७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘देश निर्वाचनमा गए कांग्रेसकाे महाधिवेशन भदौमा, प्रतिनिधिसभा पुनर्स्थापना भए जेठमा’

‘देश निर्वाचनमा गए कांग्रेसकाे महाधिवेशन भदौमा, प्रतिनिधिसभा पुनर्स्थापना भए जेठमा’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन्। 
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन्। 

triton college

प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली कांग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई शिरोधार्य गर्ने बताएका हुन्। 

लामो समयदेखिको संघर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको जनाउँदै खतिवडाले संविधानका विरुद्धमा हुने जुनसुकै गतिविधि पार्टीलाई मान्य नहुने बताए। 

मुलुकमा निर्वाचन भएमा पार्टीको महाधिवेशन भदौमा हुने र प्रतिनिधिसभा पुनर्स्थापना भएको अवस्थामा भने आगामी जेठ महिनामा हुने उनको भनाइ छ। रासस

प्रकाशित: Jan 30, 2021| 06:48 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।