शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरुद्धकाे खोप अभियान सुरु, पहिलाे दिन १२ हजारलाई लगाइने

कोरोनाविरुद्धकाे खोप अभियान सुरु, पहिलाे दिन १२ हजारलाई लगाइने

आजबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं -  नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज अभियानको शुभारम्भ गरेका हुन्। 

triton college

पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि खटिएका फ्रन्टलाइनर्स (स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविका) का लागि खोप लगाइनेछ।

आज १२ हजारलाई खोप दिइने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।

काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको छ। स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमका अनुसार  काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र  छन्। 

काठमाडौंमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, सहिद गंगालाल अस्पताललगायत छन्।

corrent noodles
Metro Mart

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र छन्।  भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पतालमा केन्द्र तोकिएको छ।

माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत् खोप प्रदान गरिने खोप शाखाको तयारी छ। 

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइएको हो।

प्रकाशित: Jan 27, 2021| 04:40 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।