शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र प्रहरी अस्पतालमा आश्रित बेसहाराको उपचार निःशुल्क गरिने

सशस्त्र प्रहरी अस्पतालमा आश्रित बेसहाराको उपचार निःशुल्क गरिने

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २०औं सशस्त्र प्रहरी दिवसका अवसरमा शुक्रबार बेसहारालाई निःशुल्क उपचारको घोषणा गरेका छन्। 
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

काठमाडौं। अघिल्लो वर्ष काठमाडौंको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई झण्डै निको बनाउन डेढ लाख खर्च भयो। 

triton college

खर्च अभावमा उनको उपचारमा निकै धौ–धौ भयो। हेपाटाइटिस र क्षयरोगी तथा मनोरोगी उनको अझै पनि नियमित स्वास्थ्य परीक्षण चलिरहेकै छ। 

केही अघि चरम यातना पाएर सडकमा भेटिएकी एक महिलाको ठूलो खर्च गरेर उपचार गरिए पनि मानवसेवा आश्रमले बचाउन सकेन। 
अझ कोभिड–१९, संक्रमणको समयमा दाता न्यून हुँदा आश्रित बेसहाराको औषधोपचारमा परेको समस्या त्यहाँका अभियानकर्मीमा तीतो यथार्थ बनेर गढेको छ।

सहयोगी हातको कमी भइरहेको वर्तमान सन्दर्भमा औषधोपचारमा समस्या कायमै रहँदा सशस्त्र प्रहरी बल नेपालबाट आएको एउटा सन्देशले आश्रम परिवारमा खुसी छाएको छ।

आश्रित बेसहाराको सशस्त्र प्रहरीले निःशुल्क उपचार गर्ने घोषणा गरेपछि आश्रमका प्रवक्ता सुमन बर्तौला उक्त निर्णयलाई सडक मानवमुक्त मुलुक बनाउने अभियानको महत्त्वपूर्ण कडीका रुपमा लिएको स्मरण गर्छन्। 

corrent noodles
Metro Mart

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २०औं सशस्त्र प्रहरी दिवसका अवसरमा शुक्रबार बेसहारालाई निःशुल्क उपचारको घोषणा गरेका छन्। 

‘अबदेखि मानवसेवा आश्रममार्फत खाना, छाना र नाना प्राप्त गरिरहेका सबैलाई  सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपीएफ अस्पताल बलम्बुमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिनेछ’, प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उनले भने। 

अहिले यसरी सडकबाट उद्धार गरिएका झण्डै एक हजार ७०० लाई देशभरिका २२ सेवा केन्द्रमा राखिएको छ। उनीहरूलाई दैनिक कुनै न कुनै औषधि खुवाउनुपर्छ। 

उपचारमा झण्डै २० देखि २५ लाख मासिक खर्च हुने गरेको जनाइएको छ। आर्थिक अभावले उनीहरुको पूर्ण शरीर परीक्षण गराउन सकिएको छैन। आश्रमलाई सबैभन्दा समस्या औषधोपचारकै रहेको अभियानकर्मी शुशीला केसी बताउँछिन्। 

अन्तिम अवस्थामा पुगेकाको भने लाखौँ खर्च भइसक्दा पनि निको नहुने अवस्था देखिँदै आएको छ।

काठमाडौंको आश्रममा मात्रै मासिक झण्डै दुई/तीन लाख औषधोपचारमा लाग्ने गरेको जनाइएको छ।

पैसाकै अभावमा पूर्ण शरीर परीक्षण गर्न नसकिएको जनाइएको छ।

सडकमा भेटिएका बेसहारा, असहाय व्यक्तिलाई २०६९ सालदेखि आश्रमले उद्धार गरेर संरक्षण दिने र परिवारमा मिलाउने काम गर्दै आएको छ। रासस

प्रकाशित: Jan 23, 2021| 07:34 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।