शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यसरी लगाइँदैछ कोरोनाको खोप, ज्यान गए सरकार जिम्मेवार नहुने

यसरी लगाइँदैछ कोरोनाको खोप, ज्यान गए सरकार जिम्मेवार नहुने

देशभरका जिल्ला अस्पतालबाट एकैसाथ खोप अभियान सुरु गर्ने योजना सरकारको छ।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (कोभिसिल्ड) नेपाल भित्रिएको छ। 

triton college

एयर इन्डियाको विमानमार्फत् मुम्बईबाट नयाँ दिल्ली हुँदै खोप काठमाडौं ल्याइएको हो। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गरेका छन्। बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी भारतले खोप सहयोग गरेकोबारे औपचारिक जानकारी गराएको थियो। 

भारतमा सिरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप भारतले नेपालका लागि अनुदानस्वरुप उपलब्ध गराएको हो। भारतले उपलब्ध गराएको खोप दुई डोज लगाउनु पर्छ। पहिलो चरणमा ४ लाख मानिसलाई खोप दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख झलक शर्मा गौतम बताउँछन्।

नेपाललाई प्राप्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिने छ। टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइने छ। 

देशभरका जिल्ला अस्पतालबाट एकैसाथ खोप अभियान सुरु गर्ने योजना सरकारको छ। अहिले ल्याइएको उक्त खोप सुरुमा स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएका व्यक्तिहरु, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइए सफाइ कर्मचारीलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसपछि जोखिमका आधारमा चरणवद्ध रुपमा खोप लगाइने छ। 

corrent noodles
Metro Mart

पहिलो चरणमा ४ लाख मानिसलाई खोप दिइने महाशाखाका प्रमुख झलक शर्मा गौतम बताउँछन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीका अनुसार जोखिम समूहपछि प्राथमिकताको आधारमा अन्य वर्गलाई खोप दिइने छ। नेपालको कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने तयारी भइरहेको छ। मन्त्री त्रिपाठीका अनुसार कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक समस्या हल भइसकेको र खोप लगाउन तयारी सम्पन्न भइसकेको छ। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार खोप अभियान ७७ जिल्लाबाट एकैसाथ सञ्चालन हुनेछ। जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गरी एक दिनमा बुथबाट १०० जनालाई खोप दिइने छ। उपत्यकामा पनि कुनै ठाउँ केन्द्रित गरेर खोप दिइने छ।

खोप लगाउन पहिला खोप कार्यक्रममा समावेश भएका स्वास्थ्यकर्मीलाई खटाइने प्रवक्ता डा. गौतमले जनाए। हाल स्वास्थ्यकर्मीका लागि जिल्लागत तालिम चलिरहेको मन्त्रालयले जनाएको छ। 

खोप महाशाखाका प्रमुख डा. गौतमका अनुसार गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई खोप दिइने छैन। त्यस्तै १८ वर्षभन्दा कम उमेर,  एलर्जी समस्या भएकालाई पनि दिइने छैन।  

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कुनै व्यक्तिलाई खोप लगाइसकेपछि आधा घण्टा अवलोकनमा राखिन्छ। ‘पहिलो डोज ०.५ मिलिलिटर लगाएपछि ३० मिनेट अवलोकनमा राखिन्छ। खोप लगाएपछि केही समस्या भए थप उपचारको व्यवस्था गरिन्छ। तर, मृत्यु भएमा त्यसको जिम्मेवारी भने सरकारले लिँदैन।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि खोप भित्रिएको एक साताभित्र खोप लगाउने तयारी रहेको बताएको थियो। यद्यपि कुन दिनबाट खोप लगाउने भन्ने मिति तय भइसकेको छैन। देशभरका जिल्ला अस्पतालबाट एकैसाथ खोप अभियान सुरु गर्ने योजना सरकारको छ। नेपालमा कोरोना भाइरस भेटिएको १ वर्ष पूरा हुँदा कोरोनाविरुद्धको खोप भित्रिएको छ।

यस अवधिमा नेपालमा २ लाख ६८ हजार ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् भने १ हजार ९७५ जनाको मृत्यु भएको छ। 

प्रकाशित: Jan 21, 2021| 07:07 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।