शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चितवनमा बस र ट्रक ठाेक्किँदा एकजनाकाे मृत्यु, दुईजना घाइते

चितवनमा बस र ट्रक ठाेक्किँदा एकजनाकाे मृत्यु, दुईजना घाइते

पूर्वी चितवनको राप्ती नगरपालिका-५, कालिका पेट्रोलपम्प नजिक गएराति बस र ट्रक एकापसमा ठाेक्किँदा एकजनाको मृत्यु भएको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

चितवन। पूर्वी चितवनको राप्ती नगरपालिका-५, कालिका पेट्रोलपम्प नजिक गएराति बस र ट्रक एकापसमा ठाेक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

triton college

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौंबाट काँकडभिट्टातर्फ गइरहेको ना ७ ख २१११ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक एकापसमा ठाेक्किएकाे थियाे। ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

राति ११ बजे भएको दुर्घटनामा बसका सहचालक रौतहट चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह घाइते भएका छन्।

घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

ट्रकका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन्। रासस

corrent noodles
Metro Mart

प्रकाशित: Jan 20, 2021| 01:40 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।