शुक्रबार, वैशाख १४, २०८१

कृषि क्षेत्रको कमजोरी नै तथ्यांक हो :  सचिव मिश्र

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्यांक रहेको बताए। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

कर्णाली- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्यांक रहेको बताए। 

triton college

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको समन्वय तथा नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौंद्वारा आयोजित तीन दिने ‘किसान सूचीकरण प्रणालीसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ को मंगलबार समापन कार्यक्रममा सचिव डा मिश्रले कुनै पनि क्षेत्रको विकास तथा योजनाको महत्वपूर्ण आधार भनेकै तथ्यांक भएको बताए।

'कृषिमा कही कमजोरी छ भने तथ्यांकमा छ। सही तथ्यांकका आधारमा काम गर्ने प्रक्रियामा हामी चिप्लिराखेका छौँ। हाम्रो किसानको वास्तविक तथ्यांक नभई हामीले कृषिमा सही काम गर्न सक्दैनौँ। एक पटक मात्र तथ्यांकमा प्रवेश गर्न सक्यौँ भने हामीले दीर्घकालीन विकासको खाका कोर्न सक्छौँ,' उनले भने, 'कर्णाली प्रदेशमा हाल दुई लाख ९८ हजार घरधुरी छन्। हामीले दुई लाख ५० हजार जति तथ्यांक संकलन गरे तथ्यको नजिक जान सकिएला। देशका सबै ठाउँमा तालिम सम्पन्न भएपछि फागुनमा किसान सूचीकरणको दर्ता कार्य सुरु हुन्छ।' 

तथ्यांक संकलनपछि मात्र दोस्रो चरणमा किसानको वर्गीकरण गर्न सकिने उनको भनाइ थियो। 

नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सञ्जेलले किसान सूचीकरण व्यवस्थापन प्रणाली (सफ्टवेयर दर्ता) सरकारको महाअभियान भएको बताए। 

corrent noodles
Metro Mart

उनले प्रदेशस्तरीय अभिमुखीकरणमा सहभागीहरुलाई तीन दिनसम्म प्रशिक्षणबाट प्राप्त सबै ज्ञान तथा सीप जिल्ला एवं स्थानीय तहका प्रशिक्षक तथा सहजकर्तालाई राम्रोसँग हस्तान्तरण गर्न आग्रह गरे। 

कार्यक्रममा सहभागी कर्णालीका १० वटै जिल्लाका कृषि तथा पशुसेवा कार्यालयमा कार्यरत प्रमुखहरुले कृषि मानव जनजीविकाको मूल आधार भएको बताउँदै यो क्षेत्र र किसान कसरी अघि बढ्न सक्छन् भन्नेतर्फ तथ्य एवं नीतिगत ढंगबाट राज्य अगाडि बढ्नुपर्ने सुझाएका थिए। 

प्रकाशित: Jan 20, 2021| 01:00 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।