काठमाडौं – देशमा केही दिनदेखि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसकारण बादल लाग्ने, वर्षा हुने जस्ता मौसमी गतिविधि विस्तारै सक्रिय हुँदै गएका छन्।
शुक्रबार साँझपख काठमाडौंलगायतका केही ठाउँमा हल्का वर्षा भयो।
आज पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा वर्षाको सम्भावना छ । साथै हिमाली क्षेत्रमा हिमपात हुने पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।