शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • देश निर्वाचनमा गइसक्यो, तोकिएकै मितिमा हुन्छ : नेम्वाङ 

देश निर्वाचनमा गइसक्यो, तोकिएकै मितिमा हुन्छ : नेम्वाङ 

नेकपाको ओली पक्षीय नेता सुवास नेम्वाङले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन्। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- नेकपाको ओली पक्षीय नेता सुवास नेम्वाङले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन्। 

triton college

काठमाडौंमा आयोजित नेकपा ओली पक्षको प्रदेश १ स्तरीय कार्यकर्ता भेलामा प्रदेश १ का इन्चार्जसमेत रहेका नेम्वाङले प्रधानमन्त्रीले तोकिएकै मितिमा निर्वाचन हुन्छ भनेकाले यसमा शंका गर्न नपर्ने बताए।

उनले भने, ‘निर्वाचन हुन्छ कि हुन्न भन्ने प्रश्न उठाउने काम भइरहेको छ। पिएमले तोकिएको मितिमा नै हुन्छ भनिरहनु भएको छ। संसद विघटन सर्वोच्च अदालतमा विचाराधीन भएको बेला मैले चाहिँ बोल्न मिल्दैन तर प्रधानमन्त्रीले चाहिँ विघटन गरेकोले उहाँले बोल्न सक्नुहुन्छ।’

उनले देश निर्वाचनमा गइसकेको र कांग्रेस पनि निर्वाचनको तयारीमा जुटिसकेको दाबी गरे। उनले भने, ‘तोकिएको समयमा निर्वाचन हुन्छ देश निर्वाचनमा गइसकेको छ। प्रमुख प्रतिपक्षी पनि निर्वाचनमा होमिइसकेको छ। आन्दोलनका कार्यक्रमलाई हेर्दा पनि उहाँहरुको निर्वाचनको तयारीसँगै आन्दोलनको कार्यक्रम गरिरहनुभएको छ।’

नेम्वाङले सरकार काम चलाउ नभएको बताएका छन्। उनले संविधानअनुसार सरकार काम चलाउ नभएको र यसले पूर्णरुपमा काम गर्न पाउने दाबी गरे।

corrent noodles
Metro Mart

नेम्वाङले वर्तमान सरकारलाई संविधानले नै काम चलाउ नभनेकाले निर्वाचन आचार संहिता लागू नभएसम्म ‘फूलफ्लेज’ मा काम गर्ने अधिकार रहेको दाबी गरे। 

‘संविधान मा विचाराधीन छ। म धेरै कुरो गर्दिन। एकदम स्वाभाविक कुरो हो। धारा ७७ ले प्रधानमन्त्री कति बेला हुन्छन् भनेर प्रष्ट शव्दमा लेखेको छ। संविधानको धारा ७७ को ३ मा अर्को सरकार गठन नभएसम्म यही मन्त्री परिषद्ले काम गर्छ भनेर लेखिएको छ। किन अहिले यो विषय उठाइएको छ ?’

उनले अगाडि थपे, ‘निर्वाचन आयोगले आचार सहिता लागू नगर्दासम्म यो सरकारले फुलफ्लेजमा काम गर्न पाउछ। किन अरु साथीहरूले केही बुझेका छैनन्।’

उनले भने, ‘साथीहरू किन अन्यौलमा हुनुहुन्छ यसबारेमा म धेरै टिप्पणी गर्न चाहन्न।’

नेम्वाङले मुद्दा सवैधानिक कि बृहत् भन्ने कुरो उठाउने, निर्वाचन आयोगमा गएर निर्वाचनको काम किन गरेको भन्ने जस्ता क्रियाकलपा भएको भन्दै आपत्ति प्रकट गरे।

प्रकाशित: Jan 16, 2021| 09:11 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।