शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जसपा सिरहाका नेताले दिए अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाटै भगाउने चेतावनी

जसपा सिरहाका नेताले दिए अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाटै भगाउने चेतावनी

वरीयताको विषयमा विवाद भएपछि जनता समाजवादी पार्टी सिरहामा भाँडभैलो भएको छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

जनकपुरधाम– वरीयताको विषयमा विवाद भएपछि जनता समाजवादी पार्टी सिरहामा भाँडभैलो भएको छ। 

triton college

सिरहामा हुन लागेको पार्टीको आमसभाका लागि जारी गरिएको वरीयतामा चित्त नबुझेपछि जसपाकै नेता–कार्यकर्तामा असन्तुष्टि चुलिएको हो। 

जसपा सिरहाका एक जिल्ला नेताले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर चेतावनीपूर्ण स्वरमा असन्तुष्टि पोखेका छन्। उनी र पार्टी अध्यक्ष यादवबीच भएको सो फोन कल अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ। 

जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित तत्कालिन राजपाका अध्यक्षमण्डलका नेता राजकिशोर यादवलाई प्रोटोकोलमा तल पारेपछि जिल्ला नेता राजाराम यादवले अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर कालो झण्डा देखाउने चेतावनी दिएका हुन्। ‘वरीयता मिलाउनु भएन भने कालो झन्डा देखाँउछौं, कार्यक्रम बहिष्कार गर्छौँ’ भन्दै उनले भन्दै आक्रोश पोखेका छन्। 

जनता समाजवादी पार्टीले आफ्नो निर्धारित कार्यक्रमअनुसार माघ ३ गते शनिबार सिरहामा विरोध कार्यक्रम गर्न लागेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्वराजपा पक्षलाई पेल्दै कार्यक्रममा वरीयता मिच्न थालेपछि कार्यक्रम विवादित बनेको स्थानीय नेता–कार्यकर्ताको आरोप छ।

corrent noodles
Metro Mart

पार्टी वरीयतामा महेन्द्र यादवभन्दा तल रहेका राजकिशोर यादवलाई उनकै गृह जिल्ला सिरहाको कार्यक्रममा समेत तल पारिएपछि विवाद उत्पन्न भएको हो। राजकिशोर पार्टीको वरीयतामा रेणु यादव, प्रकाश अधिकारी र विजय यादवभन्दा माथि छन्।

सिरहामा हुन लागेको सो विरोधसभामा पहिलो वरीयतामा रेणु यादवलाई राखिएको छ भने  दोस्रोमा प्रकाश अधिकारी र तेस्रोमा विजय यादवलाई राखिएको छ। चौथो नम्बरमा राजकिशोर यादवलाई राखिएको छ। पहिलो तीन नम्बरमा राखिएका अध्यक्ष उपेन्द्र यादव पक्षधर हुन्। 

फोन कलमा सिरहा जसपाका नेताले वरीयता मिचेर मधेश आन्दोलनको मर्म र असली कार्यकर्तालाई अपमानित गर्न खोजिएको आरोप लगाएका छन्। 

फोन संवादमा अध्यक्ष यादवले राजकिशोर यादवलाई केपी ओलीको कार्यक्रममा सहभागी हुन भनेका छन् भने पार्टी छोडेर भाग्न कडा चेतावनीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ। उपेन्द्र यादवको यस्तो अभिव्यक्तिपछि राजाराम यादवले पनि उपेन्द्र यादवलाई पार्टीबाट कारवाही गर्ने चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘तपाईं अध्यक्ष हो भने के भयो र ? यो तपाईंको मात्रै पार्टी होइन, तपाईंलाई नै पार्टीबाट भगाउँछौँ ।’

यसअघि अनिल झाको पनि वरीयता क्रम मिचेर कार्यक्रम आयोजना गर्न खोज्दा झाले आपत्ति जनाएपछि उनलाई रौतहटमा आयोजित कार्यक्रमको विशेष अतिथि बनाइएको थियो।

प्रकाशित: Jan 15, 2021| 09:56 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।