शुक्रबार, वैशाख १४, २०८१

पीएम कप आजबाट सुरु हुँदै

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ।

triton college

काठमाडौंको त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा सुरु हुने क्रिकेट प्रतियोगिताको तयारी पूरा भइसकेको आयोजकले बताएको छ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप) अन्तर्गतको पीएम कप नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्दैछ।

१० टोलीको सहभागिता रहने प्रतियोगितामा क्यानले दुई समूहमा बाँडेर खेल गराउने छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश २ र कर्णाली प्रदेश छन्।

समूह ‘बी’तर्फ नेपाल पुलिस, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश १ र सुदूरपश्चिम छन्।

corrent noodles
Metro Mart

प्रतियोगिताका १४ खेल त्रिवि मैदानमा हुनेछन् भने बाँकी ९ खेल मूलपानी मैदानमा हुनेछन्। प्रतियोगिताको फाइनल खेल आगामी माघ १७ गते हुनेछ।

क्यानले जारी गरेको तालिकाअनुसार माघ ४ बाट १२ गतेसम्म हरेक दिन दुईवटा खेल हुनेछन्।

माघ १३ र १६ गते (दुई दिन) ब्रेक राखिएको छ। समूह चरणको खेल सकिएपछि एक दिन र फाइनल खेलअघि एक दिन ब्रेक राखिएको हो।

त्यस्तै सेमिफाइनल र फाइनलका सबै खेल त्रिवि मैदानमा हुने क्यानले जनाएको छ।

प्रकाशित: Jan 15, 2021| 02:34 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।