बिहीबार, वैशाख २७, २०८१

गत वर्ष स्थानीय तहको आम्दानी ४ खर्ब बढी

गत आर्थिक वर्ष २०७६/०७७ मा स्थानीय तहहरुले ४ खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं- गत आर्थिक वर्ष २०७६/०७७ मा स्थानीय तहहरुले ४ खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

triton college

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहको कुल आम्दानी ४ खर्ब ४ अर्ब ३० करोड रुपैयाँ भएको हो।

महालेखा नियन्त्रकको कार्यालयले पहिलो पटक स्थानीय तहको आयव्यय विवरण सुत्रमार्फत् एकीकृत गरेको जानकारी गराउँदै गत आर्थिक वर्षमा स्थानीय तहले ३ खर्ब २० अर्ब ५ करोड रुपैयाँ खर्च गर्न सकेको जानकारी गराएको छ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी तीनै तहको बजेट तथा खर्चमा दोहोरो परेको रकम हटाएपछि गत आर्थिक वर्षमा नेपालको कुल बजेट १८ खर्ब ९० अर्ब १ करोड रुपैयाँ पुगेको छ। कुल बजेटमध्ये आर्थिक वर्षभरिमा ११ खर्ब ९१ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्षमा संघीय सरकारले ८ खर्ब ४१ अर्ब ३१ करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

corrent noodles
Metro Mart

संघीय सरकारको गत आर्थिक वर्षको खर्च भने १० खर्ब ९१ अर्ब १३ करोड ५२ लाख रुपैयाँ भएको छ। त्यसमा वैदेशिक ऋण, वैदेशिक अनुदानसमेत छ।

त्यस्तै प्रदेश सरकारको गत आर्थिक वर्षको आम्दानी सञ्चित कोषमा २ खर्ब ३१ अर्ब रुपैयाँ भएको र १ खर्ब ५६ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले उल्लेख गरेको छ।

प्रकाशित: Jan 13, 2021| 10:55 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्