शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकको प्रतिवेदन भन्छ : ५४ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमा आए 

राष्ट्र बैंकको प्रतिवेदन भन्छ : ५४ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमा आए 

कोभिड-१९ का कारण बन्द भएका उद्योग-व्यवसाय पुन: जुर्मुराउन थालेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– कोभिड-१९ का कारण बन्द भएका उद्योग-व्यवसाय पुन: जुर्मुराउन थालेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। 

triton college

राष्ट्र बैंकका अनुसार कोरोना महामारीले प्रभावित उद्योग-व्यवसायमध्ये ५४ प्रतिशत सञ्चालनमा आएका छन्।

गत असार र मंसिर महिनालाई आधार बनाएर गरेको तुलनात्मक अध्ययनमा ५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको देखिएको छ।  

मंगलबार राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी प्रथम पुनराबृत्ति सर्वेक्षण प्रतिवेदन प्रकाशित गरी गत असार मसान्तसम्ममा ४ प्रतिशत मात्र उद्योग, व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको जानकारी दिएको छ। 

सो प्रतिवेदनअनुसार अझै ९.१ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमा आउन सकेका छैनन्। ३६.९ प्रतिशत उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालनमा आएका छन्। प्रतिवेदनअनुसार साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगहरू सञ्चालनमा उल्लेख्य सुधार आएको छ। 

corrent noodles
Metro Mart

गत असारको तुलनामा उद्योग व्यवसायको उत्पादन पनि सुधार आएको छ। कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन रहेकोमा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादनमा सुधार आएर औसतमा ५० प्रतिशत भन्दा बढी पुगेको प्रतिवेदनमा उल्लेख छ। 

उद्योग-व्यवसायले प्रदान गर्ने रोजगारीमा सुधार देखिए पनि कोभिड १९ अघिको अवस्थामा भने पुग्न सकेको छैन। 

बढेन रोजगारी दर

कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग-व्यवसायले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ। 

मझौला उद्योगहरूले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ। मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग-व्यवसायहरुको बाहुल्यता रहेकाले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान राष्ट्र बैंकले गरेको छ। 

अध्ययनअनुसार गत असारको तुलनामा उद्योग व्यवसायको ज्याला खर्चमा बृद्धि भए पनि खानी तथा उत्खनन्, सञ्चार र शिक्षा क्षेत्रको ज्याला खर्च भने घटेको छ। 

त्यस्तै उद्योगी व्यापारीहरुले राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ब्याजदरमा सहुलियत प्राप्त गरेको प्रतिवेदनमा देखाइएको छ। नेपाल राष्ट्र बैंकले कोभिड-१९ का कारण उद्योग-व्यवसाय धरासायी भएको भन्दै २ प्रतिशत व्याजदर सहुलियत दिन निर्देशन दिएको थियो। 
 

प्रकाशित: Jan 13, 2021| 02:07 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्