शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राजनीतिक उपलब्धि जोगाउन लाखौंले बलिदानी दिनुपर्ने अवस्था आउन सक्छ : डा. भट्टराई

राजनीतिक उपलब्धि जोगाउन लाखौंले बलिदानी दिनुपर्ने अवस्था आउन सक्छ : डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको संविधान जनताले जन्माएको संविधान भएकाले यसलाई जोगाउनुपर्ने बताएका छन्। 
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको संविधान जनताले जन्माएको संविधान भएकाले यसलाई जोगाउनुपर्ने बताएका छन्। 

triton college

संविधानसभा सदस्य मञ्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संविधानको मर्मविपरीत प्रतिनिधिसभा विघटन र अबको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘नेपाली जनताले पहिलो पटक बनाएको संविधान हो अहिलेको संविधान। यसअघिको संविधान राजा–महाराजाले बनाएका थिए। केपी ओलीले संविधानलाई मुर्छित बनाएका छन्। चुनावमात्रै लोकतन्त्र होइन। संसारभरका तानाशाहले संसद् विघटन गरेर चुनाव गर्छु भन्ने गर्छन् तर गर्दैनन्।’

अहिले संसद् विघटनमात्रै नभएर संविधानकै हत्या भएको उनले बताए। ‘अहिलेको संविधानको हत्या गरेर लोकतन्त्र जोगिँदैन। म त यसपछिको अवस्था झनै डरलाग्दो देखिरहेको छु। उपलब्धि जोगाउन फेरि लाखौंको बलिदानी गर्नुपर्ने अवस्था आउन सक्छ। अहिलेसम्मको उपलब्धि धरापमा परेको छ,’ डा. भट्टराईले भने, ‘इतिहासबाट मिल्काइनुपर्ने पात्रको हातमा सत्ता चलाउने जिम्मेवारी पुगेर अहिलेको अवस्था आइपुगेको हो। क्रान्ति परिवर्तन भएको कालखण्डमा परिवर्तनकारीहरुले नै नेतृत्व पाउनुपर्ने हो तर त्यसो हुन सकेन। संविधानसभापछिको नेतृत्व गलत मानिसको हातमा गयो। अहिले पहिरो गइसकेको छ। अझै खतरापूर्ण हुने अवस्था देखिन्छ। ओलीले प्रतिसोध साँध्न चाहेका छन्।’

क्रान्ति पूरा नै गर्न नपाउँदा परिवर्तनलाई संस्थागत नै गर्न नसकिने अवस्था बनेको उनले बताए। डा. भट्टराईले भने, ‘अब हामीले नयाँ हिसाबले अगाडि बढ्नु जरुरी छ। यस्तो भइराख्छ भनेर हामी चुप लागेर बस्यौं भने झनै असहज हुन्छ। अब जनतालाई सडकमा उतारेर अर्को जनआन्दोलन जरुरी छ।’ आफूले केपी ओलीको भस्मासुर प्रवृत्तिको पहिलेदेखि नै विरोध गर्दै आएको उनले बताए।
 

प्रकाशित: Jan 11, 2021| 10:58 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।