शनिबार, वैशाख १५, २०८१

किन एक वर्ष पछि धकेलियाे नाउर गणना ?

पाँच वर्षको अन्तरमा हुनुपर्ने गणना एक वर्ष पछाडि धकेलिएको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

बागलुङ- कोभिड-१९ का कारण यस वर्ष ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन।

triton college

पाँच वर्षको अन्तरमा हुनुपर्ने गणना एक वर्ष पछाडि धकेलिएको छ।

गत असोज/कात्तिकमा नाउर गणना गर्ने आरक्ष कार्यालयको योजना थियो।

यसअघि २०७२ मा गणना गर्दा दुई हजार २०२ नाउर भेटिएका थिए। गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकारको कोटा निर्धारण गर्ने गर्छ।

1पछिल्लो गणनापछि बर्सेनि २० नाउरको शिकार कोटा तोकिएको छ।

corrent noodles
Metro Mart

कार्यालयका रेञ्जर दीपेन्द्र पोखरेलका अनुसार आउँदो वर्ष नाउरको गणना गरिनेछ। ‘चैत/वैशाखसम्मै आरक्षको उच्च भेगमा हिउँ नपग्लने भएकाले त्यो याममा पनि गणना सम्भव हुँदैन, अब अर्को वर्ष हुन्छ’, उनले भने। 

ढोरपाटनमा प्रायः गरी असोज/कात्तिकतिरै नाउर र झारलको गणना गरिन्छ ।

विभागले हरेक पाँच/पाँच वर्षमा नाउर र झारलको गणना गर्नुपर्ने प्रावधान बनाएको छ।

झारलको पनि अर्को वर्ष गणना हुनेछ। २०७३ मा गरिएको गणनामा ३८८ झारल फेला परेका थिए। जुन सङ्ख्या २०६८ मा गरिएको गणनामा भन्दा १०३ ले बढी हो। उक्त गणनामा ४२ समूहमा झारल भेटिएका थिए।

सबैभन्दा ठूलो ५१ वटा झारलको समूह देखिएको थियो। तीमध्ये ३२७ झारलको लिंग पहिचान भएकामा बाँकीको पहिचान हुन सकेको थिएन। 

उक्त गणनापछि विभागले वर्षमा ११ झारलको शिकार कोटा निर्धारण गरेको छ। आरक्षका प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा रेञ्जर, भरिया र शिकारमा अनुभवी स्थानीयवासीसमेतको सहभागितामा नाउर र झारलको गणना गरिन्छ ।

नाउर र झारल बाख्रा प्रजातिमा पर्ने जनावर हुन्। 

बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा ढोरपाटनमा शिकार खुला हुन्छ।

कोभिड–१९ का कारण यो वर्षको पहिलो शिकार याम (असोज–मङ्सिर) मा जम्मा एक नाउर र एक झारलको शिकार भएको रेञ्जर पोखरेलले बताए। 

विभागले शिकारका लागि बोलपत्र खोले पनि विदेशी शिकार खेल्न अनिच्छुक देखिएका हुन्।

अघिल्लो वर्षको दोस्रो शिकार याममा भने बन्दाबन्दीका कारण आरक्षमा शिकार नै खुला भएन।

शिकार हुन नसक्दा राजस्व पनि गुम्यो। सात शिकार कम्पनीले ढोरपाटनमा शिकार खेलाउँदै आएका छन्। 

शिकारका लागि आरक्षमा सात ब्लक तोकिएको छ। सुर्तिबाङ, फागुने ब्लक बागलुङमा, घुस्तुङ, दोगाडी, सेङ र सुनदह ब्लक रुकुम पूर्वमा पर्छ।

यस्तै म्याग्दीमा बार्से ब्लक पर्छ। प्रत्येक ब्लकमा नाउर र झारल शिकारको वार्षिक कोटा तोकिन्छ।

सुर्तिबाङ ब्लकमा भने नाउरको शिकार गर्न रोक लगाइएको छ। २०३९ मा स्थापना भएको आरक्ष क्षेत्र १३२५ वर्ग किलोमिटरमा फैलिएको छ।

वैधानिक शिकारका लागि ढोरपाटन विश्वमै प्रख्यात गन्तव्य मानिन्छ। साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि विदेशी शिकारी ढोरपाटन आउँछन्।

एकजना शिकारीले ३० देखि ३५ लाख रूपैयाँसम्म शिकारमा खर्चन्छन्। दुई वर्षअघि एउटा नाउर शिकारको १३ लाख ५१ हजार रूपैयाँ र झारल शिकारको १३ लाख ५० हजार रूपैयाँ तिर्न कम्पनी तयार भएका थिए।

शिकारको माग बढ्दा कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाले शिकारको दर बढ्छ भने माग घट्दा राजस्व पनि कम उठ्छ।

आउँदो फागुन–वैशाखमा यो वर्षको दोस्रो शिकार याम खुला हुनेछ।

शिकारका लागि अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका, नर्वेलगायतका देशबाट पेशेवर शिकारी ढोरपाटन आउँछन्।

हेलिकप्टरमार्फत् आरक्ष पुग्ने शिकारीले बढीमा २१ दिनसम्म आरक्षमा बिताउन पाउँछन्। शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार खेलाउँछन्। रासस

प्रकाशित: Jan 11, 2021| 02:38 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।