शनिबार, वैशाख १५, २०८१

कांग्रेस सबै विकल्पका लागि तयार छ : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस वर्तमान परस्थितिमा सबै विकल्पका लागि तयार रहेको बताएका छन्। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस वर्तमान परस्थितिमा सबै विकल्पका लागि तयार रहेको बताएका छन्। 

triton college

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परस्थितिमा आफूहरु संवैधानिक सबै विकल्पका लागि तयार रहेको उनले बताए।

जनकपुरधाममा सहिद सत्यनारायण पाठकको शालिक अनावरण कार्यक्रममा निधिले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि वा निर्वाचन भए पनि दुबै विकल्पका लागि कांग्रेस तयार रहेको स्पष्ट पारे। 

उनले प्रधानमन्त्री ओलीले संविधान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको चर्चा गर्दै यो समस्या समाधानका लागि सबै नेपाली जनता एक हुन आवश्यक रहेको बताए। पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले प्रतिनिधिसभा पुनर्स्थापना हुनेनहुने कुरो सर्वोच्च अदालतले निर्णय गर्ने भएकाले कांग्रेसका नेता कार्यकर्ताहरुलाई चुनावको तयारीमा समेत लाग्न आह्वान गरे।

नेपाली कांग्रेस चुनावबाट डराइरहेको लगायतका आरोपहरु तर्फ इंगित गर्दै उनले भने ‘कुनै पनि लोकतान्त्रिक शक्ति निर्वाचनबाट डराउनै सक्दैन, नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनता माझ जान सदैव तत्पर छ।’ उनले थपे, ‘बरु कम्युनिष्टहरु लोकतन्त्रलाई रुचाउँदैनन्, कम्युनिष्ट र लोकतन्त्र कहिल्यै सँगसँगै हिड्न सक्दैन, जसको प्रत्यक्ष उदाहरण हो प्रधानमन्त्री ओलीको पछिल्लो असंवैधानिक कदम।’

corrent noodles
Metro Mart

नेता निधिले प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी रहेको र उनले संसदीय व्यवस्थामा लगाएको रोगको उपचार अदालतले गर्नेमा विश्वास व्यक्त गरे। यद्यपि अदालतको उपचारअघि प्रधानमन्त्रीको यो कदमको प्रतिकार जारी रहने चेतावनी उनको थियो। 

पाठकको शालिक अनावरण 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सहिद सत्यनारायण पाठकको शालिक अनावरण गरेका छन्। पाठक २०४६ सालको जनआन्दोलनका सहिद हुन्।

शालिक अनावरण गर्दै नेता निधिले आफूले उनी जस्ता सहिदको शालिक अनावरण गर्न पाउँदा खुशी लागेको बताए। यस्ता अन्य सहिदहरुको विषयमा युवा पुस्तामा समेत जानकारी होस् भन्दै उनीहरुको पनि शालिक निर्माण गर्नुपर्नेमा नेता निधिले जोड दिए। 

१० महिनापछि गृहनगर जनकपुरधाम आएका नेता निधिलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले महोत्तरीको बर्दिवासमा भव्य स्वागत गरेका थिए।

उनलाई स्वागत गर्न नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु, ८ वटै जिल्लाका जिल्ला सभापतिहरु, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकर्ताहरु पुगेका थिए।

प्रकाशित: Jan 10, 2021| 13:15 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।