शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई आठ महिनादेखि भेट्न मानेनन् 

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई आठ महिनादेखि भेट्न मानेनन् 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न धनगढी विमानस्थल नगएपछि चर्को आलोचना भइरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ओलीले आठ महिनादेखि भेट्न अस्वीकार गरेको कुरा  सार्वजनिक भएको छ। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न धनगढी विमानस्थल नगएपछि चर्को आलोचना भइरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ओलीले आठ महिनादेखि भेट्न अस्वीकार गरेको कुरा सार्वजनिक भएको छ। 

triton college

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले सामाजिक सञ्जालमा प्रदेशको कामका लागि मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न खोज्दा आठ महिनादेखि समय नभएको भन्दै भेट दिन नचाहेको कुरा लेखेका छन्। 

प्रमुख स्वकीय सचिव ओलीले फेसबुकमा लेखेका छन्, ‘पहिले राजाको सवारी हुँदाको अञ्चलाधीशले गर्ने नमन अहिलेको गणतान्त्रिक व्यवस्थामा कल्पना समेत गरिदैन, किनकि यहाँ अहिले सामन्तवाद छैन। आठ–आठ महिनासम्म मुख्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण कामका लागि समय समेत नदिने अनि प्रदेशमा पार्टीको भेलामा आउँदा समन्वय र औपचारिक खबर पनि गर्नु नपर्ने तर सिष्टाचार भेट गर्नुपर्ने, नगरे संस्कारहीन हुनुपर्ने, त्यसाे नगर्दा  प्रदेश सभा र सरकार बिघटन गर्नुपर्ने कस्तो तर्क! अनि कस्तो सनक!’ 

मुख्यमन्त्रीको सचिवालयले प्रधानमन्त्री पार्टीको भेलामा आउँदा कुनै समन्वय र औपचारिक खबर नभएको जनाएको छ। स्वकीय सचिवले स्टाटसमा लेखेका छन्, ‘मुख्यमन्त्री व्यक्ति होइन, प्रदेशको सम्मानित संस्थाको साथै आस्थाको धरोहर  पनि हो। त्यसैले मुख्यमन्त्रीले समग्र प्रदेशवासीको भावनाको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ। संघीयता कसैको उपहारबाट प्राप्त वस्तु होइन, अपितु यो हजारौँ सहिदको बलिदानीबाट प्राप्त उपलब्धि हो।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले हिजो धनगढी खुला मञ्चमा आयोजना गरेको प्रदेशस्तरीय बृहत् सभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमा स्वागत गर्न नगएपछि आमसभामा बोल्दै वन तथा वातावरणमन्त्री एवम् नेकपा ओली समूहका केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगरले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई शिष्टता नभएको आरोप लगाएका थिए।

corrent noodles
Metro Mart

‘आज देशका प्रधानमन्त्री विमानस्थल आउँदा स्वागत गर्न पनि पुगेनन्,’ उनले भने, ‘शिष्टता पनि नभएको मुख्यमन्त्री! उहाँले दायित्व बिर्सिनुभो, संस्कार बिर्सिनुभो।’ 

उनले अब मुख्यमन्त्रीका दिन धेरै नरहेको पनि बताएका थिए। ‘अब तपाईंको मुख्यमन्त्री पद गइसकेपछि भारत जानु पर्दैन। मेरो मन्त्रालयले जडीबुटी खेती गरेर तपाईंलाई रोजगारी प्रदान गर्नेछ,’ उनले भनेका थिए।

मन्त्री आलेले आम सभामा बोलेको समाचार बाहिरिएपछि सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्टको सामाजिक सञ्जालमा विरोध र समर्थन भइरहेको छ।

प्रकाशित: Jan 09, 2021| 07:07 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।