बुधबार, वैशाख २६, २०८१

भोटेडाँडामा ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलामको माङ्सेबुङ गाउँपालिका २ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

इलाम- इलामको माङ्सेबुङ गाउँपालिका २ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

triton college

रवि–दमक सडक खण्डमा रविबाट काठको गोलिया बोकेर दमकतर्फ जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना भएको हो। उक्त दुर्घटनामा परि पाँचथर मिक्लाजुङ गाउँपालिका बस्ने ३५ वर्षीय किरण राईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

अनियन्त्रित भई ट्रक सडकबाट करिब २ सय मिटर तल खस्दा राई घाइते भएका थिए। उपचारका लागि लग्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। 

चालक ताप्लेजुङ मेले गाउँपालिका१ का २० वर्षीय प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 08, 2021| 02:25 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।