काठमाडौं एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नमुना कृषि बजार, दमकमा क्यूआरमार्फत विद्युतीय भुक्तानी सुरु गरेको छ।
बैंकले साना तथा मझौला उद्यमीलाई केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको जनाएको छ। क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको जनाइएको छ।
बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्युतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेका थिए।