शुक्रबार, साउन २३, २०८२

राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन शुरु

पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन कार्य शुरु भएको छ।
 |  बुधबार, पुस २२, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

vianetvianet

पोखरा- पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन कार्य शुरु भएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटरलगायतका आवश्यक उपकरण राखेर काम शुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचयपत्र रुजु अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए।

उनका अनुसार आज पोखरा महानगर नगरपालिका– ४ का वडाध्यक्ष शङ्करप्रसाद बास्तोलाको तथ्यांक संकलन गरेर शुभारम्भ भएको हो। वडाध्यक्ष बास्तोलाले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्र प्राप्त गर्नसक्ने जानकारी दिए।

जनतालाई प्रदान गर्ने सेवासुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको उनले बताए।

उनले भने, ‘अनेकन परिचयपत्र (लाइसेन्स, प्यान कार्ड, विवाह दर्ता) अब बोक्नु पर्दैन, अब पाइने राष्ट्रिय परिचयपत्रमा यी सबै परिचयपत्रमा उल्लेख गरिएका सबै विवरण हुन्छ।’ राष्ट्रिय परिचयपत्र डिजिटल हुन्छ। 

Metro Mart

राष्ट्रिय परिचयपत्रमा भएका विवरण ‘रिडेबल मेसिन’ मार्फत हेर्न सकिन्छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणमा तथ्यांक संकलन शुरु गरिएको हो।

पहिलो चरणमा ५ वटा वडादेखि शुरु गरिएको र आइतबारदेखि वडा नं ६ देखि दोस्रो चरण शुरु हुने जनाइएको छ। रासस

प्रकाशित: Jan 06, 2021| 15:02 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।