शनिबार, वैशाख १५, २०८१

रक्सौल डिपोबाट नेपालमा इन्धन आपूर्ति बन्द हुँदै

नेपालमा इन्धन आपूर्तिमा ठूलो हिस्सा ओगटेको भारतको रक्सौल डिपोले आपूर्ति बन्द गर्ने भएको छ। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– नेपालमा इन्धन आपूर्तिमा ठूलो हिस्सा ओगटेको भारतको रक्सौल डिपोले आपूर्ति बन्द गर्ने भएको छ। 

triton college

प्रदेश–२, गण्डकी प्रदेश लगायतका क्षेत्रमा इन्धनको ठूलो हिस्सा आपूर्ति गर्दै आएको रक्सौल डिपोले आगामी १५ जनवरीबाट अर्डर नलिने भएको हो।

भारतमा पछिल्लो समय बनेको सुरक्षा मापदण्डअनुसार रक्सौल डिपो जोखिमपूर्ण देखिएकाले अर्डर नलिने जानकारी गराएको निगमको प्रदेश–२ कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिए। 

‘भारतको जयपुरमा एक पटक पेट्रोलियम डिपोमा ५ दिनसम्म आगलागी भएको थियो’ रेग्मीले भने, ‘त्यसपछि बनेको मापदण्डअनुसार रक्सौल डिपोमा पनि जोखिम देखिएकाले अर्डर नलिने जानकारी गराएको छ।’

हाल उक्त डिपोबाट नेपालले दैनिक ५ लाख लिटर पेट्रोल र १५ लाख लिटर डिजेल आयात गर्दै आएको छ। त्यस्तै २ देखि ३ लाख लिटर हवाई इन्धन पनि आयात हुँदै आएको छ। 

corrent noodles
Metro Mart

अब उक्त डिपोबाट डिजेल र पेट्रोलको आपूर्ति बन्द गरेर हवाई इन्धन मात्रै आयात गरिने प्रमुख रेग्मीले बताए। ‘पेट्रोल र डिजेल आपूर्ति नगर्ने भनेपछि डिपोको लोड घट्छ’ उनले भने, ‘लोड घटेर हवाई इन्धन मात्रै आयात गर्न सम्भव हुन्छ।’

रक्सौलको विल्कपका रुपमा डिजेल आयातका लागि पेट्रोलियम पाइपलाइन तयार भएपछि निगमले डिजेलको आयात पाइपलाइनमार्फत गर्दै आएको छ। 

गत वर्ष भदौ २४ देखि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो। अहिले सोही पाइपलाइनमार्फत डिजेलको आयात हुँदै आएको छ।

रक्सौलबाट पेट्रोलकोसमेत आपूर्ति बन्द भएपछि बरौनीबाट पेट्रोलको आयात गरिने रेग्मीले बताए। बरौनी र मोतिहारीबाट ढुवानी गर्दा सामान्य मूल्य बढे पनि आपूर्तिमा कुनै समस्या नहुने उनको भनाइ छ। 
 

प्रकाशित: Jan 03, 2021| 11:02 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्