विशेष समाचार

‘माओवादी युद्ध मजस्ता धेरै दिदीबहिनीकाे जीवन बर्बाद बनाउन गरिएको रहेछ’ 

1613366020.jpg
तस्बिर : बीबीसी

सुर्खेत– १३ वर्षकी नम्रता क्षेत्री (नाम परिवर्तन) उज्यालो भविष्यको रेखा कोर्दै थिइन्। 

NLG Insurance
agrakhi
Yeti parketing

गाउँकै विद्यालयमा पढ्दै गरेकी उनलाई सानै उमेरमा आफूमाथि बर्बरतापूर्ण व्यवहार होला भन्ने के थाहा? तर भइदियो त्यस्तै। त्यो पनि सुरक्षाकर्मीबाट। 

माओवादी विद्रोहले गाउँ अशान्त थियो। नागरिक राज्य र विद्रोही पक्षको चेपुवामा थिए। 

सशस्त्र विद्रोहको खोजीमा गाउँ छिरेको नेपाली सेनाले २०५९ चैतमा वीरेन्द्रनगर–६ की नम्रतालाई पक्राउ गर्‍यो।

जबरजस्ती सैन्य ब्यारेक लगिएकी नम्रताको शरीर धेरैले गिजोले। उनलाई आफ्नो अस्मिता कति जनाले लुटे पत्तो छैन। नारकीय जीवनबाट तीन दिनपछि मुक्त भएकी नम्रताको बाँकी जीवन थप उजाड बन्न पुग्यो।

नम्रताको २०६३ सालमा दैलेखमा बिहे भयो। द्वन्द्वमा सेनाबाट बलात्कृत भएको थाहा पाएपछि पतिले बिहे स्वीकार गरेनन्। गर्भवती अवस्थामा घरबाट निकालिइन्। अनि थपियो झन् पीडा।

‘छोरा गर्भमा बसेको दुई महिना मात्रै भएको थियो। पतिले द्वन्द्वकालको घटना थाहा पाएपछि छुट्टिनुपर्‍यो’, उनी भन्छिन्, ‘माओवादीले मजस्ता धेरै दिदीबहिनीकाे जीवन बर्बाद बनाउन  सशस्त्र युद्ध गरेकाे रहेछ।’ 

पतिबाट छुट्टिएपछिका दिन थप कष्टकर भए। उनी पटक–पटक मृत्युको मुखमा पर्नबाट बाँचिन्। 

उति बेला विभिन्न संघसंस्था र महिला अधिकारकर्मीले धेरै आस देखाए। तर कसैले पनि बिचल्लीबाट मुक्त गराउन सकेनन्। 

सास बचाउन सडकमा भौंतारिनुपर्ने अवस्था छ। 

‘मलाई त बाँच्नै मन छैन। तर छोराका लागि मर्न पनि सकिनँ’, उनी भन्छिन्, ‘जनताको शासन ल्याउन गरिएको आन्दोलनले मलाई जिउँदै मार्‍यो तर खाल्डोमा पुर्न सकेन।’

उनको पाठेघर फाल्नुपर्ने अवस्थामा छ। ‘रिङ’ को सहारामा बाँच्दै आएकी उनलाई पत्थरी, पेट र आँखाको रोगले च्याप्दै गएको छ। सहारा दिने कोही छैन। आफन्त, साथीभाइ र घरपरिवार बिरानो बनेका छन्।

हुन त उनले पीडा भुल्न अनेक प्रयत्न नगरेकी होइनन्। तर सफल हुन सकिनन्। 

वीरेन्द्रनगरमा कोठाभाडा लिएर छोरालाई हुकाइरहेकी उनको नियमित आम्दानीको स्रोत छैन। भन्छिन्, ‘छोराको पेट भर्न र कापीकलम जुटाउन हम्मेहम्मे छ।’

प्रतिक्रिया दिनुहोस्