शुक्रबार, वैशाख १४, २०८१

तीन वर्षअघिको विजय नेकपाको थियो, केपी ओलीको थिएन : खनाल

नेकपाको दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले केपी ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनाएको बताएका छन्।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले केपी ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनाएको बताएका छन्।

triton college

काठमाडौैंको प्रदर्शनीमार्गमा उक्त समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जनमतको दुत्कार गरेको आरोप लगाए। उनले भने, ‘तीन वर्षअघिको चुनावको विजय नेकपाको थियो, केपी ओलीको थिएन।’ 

ओलीको कदमविरुद्ध संघर्षको दुन्दुभी बजेको उनले उद्घोष गरे। ‘बालुवाटारमा बस्ने गुट पार्टीविरोधी गुट हो, जनविरोधी गुटमात्रै हो। आधिकारिक नेकपा त हामी नै हौं,’ खनालले भने।

प्रधानमन्त्री भएर बालुवाटार पसेपछि ओलीले पार्टी बिर्सिएको खनालले बताए। पार्टीको कुरै नसुनी ओलीले जबर्जस्ती नीति तथा कार्यक्रम र बजेट ल्याएको र गफै गरेर तीन वर्ष बिताएको आरोप खनालले लगाए।

‘उखान टुक्काले देश चल्दैन, त्यसको लागि भिजन चाहिन्छ, योजना चाहिन्छ। ३ वर्ष खेरै गयो। मरिचमान र नगेन्द्रप्रसाद रिजालले जति पनि काम गर्न सकेनन् ओलीले। व्यापक काम गरिरहेको छु, विश्व नै चकित परेको छ मेरो कामले भन्छन् तर काम केही भएको छैन। रानीपोखरी, धरहरा बनाएँ भन्छन्। त्यो त सिकर्मी र कालिगढले बनाएका हुन्। केपी ओलीको पालामा मात्र बनेको हो,’ उनले भने। 
 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 29, 2020| 09:03 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।