बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिस्ट पार्टी सत्ता सञ्चालन गर्न असक्षम : कांग्रेस

कम्युनिस्ट पार्टी सत्ता सञ्चालन गर्न असक्षम : कांग्रेस

'विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको सरकारले जनादेशको अपमान गरेको छ।’
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको ठहर गरेको छ।

triton college

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको आइतबार बसेको बैठकले सरकारको यस्तो कदमलाई लोकतान्त्रिक मूल्यमान्यता र संवैधानिक व्यवस्था प्रतिकूलल बदनियतपूर्ण निन्दनीय कार्य रहेको निष्कर्ष निकालेको हो।

बैठकको निर्णयमा भनिएको छ, 'विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको सरकारले जनादेशको अपमान गरेको छ।’

कोभिड—१९ को माहामारीले जनता पीडामा रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको सरकार जनताका जनजीवीका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुँदै आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा केन्द्रित रहेको आरोप कांग्रेसको छ।  

निर्णयमा उल्लेख छ, ‘पछिल्ला घटनाक्रमले कम्युनिस्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता सञ्चालन गर्न अक्षम र जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको प्रस्ट छ।’ 

corrent noodles
Metro Mart

कांग्रेसले प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको पछिल्लो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यताविपरीत कार्यहरुको शंखृलाको निरन्तरता भनेको छ।

कांग्रेस निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसको यो बैठक नेपाल कम्युनिस्ट पार्टी र सरकारका कारण उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनता सामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्याउन आफ्ना सबै प्रयत्न केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।’

सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसँग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्ने निर्णय कांग्रेसको छ।

प्रकाशित: Dec 20, 2020| 12:37 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।