धनगढी– राजसंस्था र हिन्दू राज्यको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।
धर्म साझा, देश साझा र राजा साझा भन्ने आह्वानका साथ स्थानीयले सांस्कृतिक झाँकीसहित प्रदर्शन गरेका हुन्।
धनगढीको बुद्धचोकबाट सुरु भएको झाँकीसहितको र्याली ट्राफिक चौराहमा पुगेर सभामा परिणत हुने बताइएको छ।