शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राजधानीका तीन ठाउँमा एकैपटक मेगा बैंकका एक्सटेन्सन काउन्टर 

राजधानीका तीन ठाउँमा एकैपटक मेगा बैंकका एक्सटेन्सन काउन्टर 

 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । 

triton college

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७, गुण्डुमा मेगा बैंकको एक्सटेन्सन काउन्टरहरु सोमबारका दिन देखि सञ्चालनमा आएका छन् । 

एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि बिभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु खोलिसकेको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०६ वटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् । 

प्रकाशित: Dec 16, 2020| 10:00 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्