शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भोकमरीबाट एक लाख ६८ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी

भोकमरीबाट एक लाख ६८ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी

राष्ट्रसंघका अनुसार हरेक महिना पाँच लाख ५० हजार बालबालिका कुपोषित हुने गरेका छन्। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

कोरोना भाइरस महामारीका कारण आर्थिक गतिविधि प्रभावित हुँदा विश्वमा भोकमरी बढेको छ। 

triton college

भोकमरी अन्त्य गर्न दशकौंदेखि भएका प्रगति पनि महामारीका कारण प्रभावित भएको एउटा अध्ययनले देखाएको छ। 

महामारीका बेला भोकमरीका कारण विश्वमा एक लाख ६८ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी ३० वटा अन्तर्राष्ट्रिय संगठनले संयुक्त रुपमा गरेको अध्ययनले दिएको हो।

स्ट्यान्डिङ टुगेदर फर न्युट्रेसन कन्सोर्टियमले यस वर्षको आर्थिक र पोषणसम्बन्धी तथ्यांक एकीकृत गर्दै सार्वजनिक तथ्यांकमा आउँदो वर्ष विश्वका १२ करोडभन्दा बढी बालबालिका कुपोषणको सिकार हुनेछन्।

अध्ययनको नेतृत्व गरेका अनुसन्धाता सासकिया ओसनदार्पले झन्डै १२ करोड बालबालिका कुपोषणबाट सबैभन्दा प्रभावित हुने बताए। 

corrent noodles
Metro Mart

उनका अनुसार सबैभन्दा बढी दक्षिण एसिया र उपसहारा अफ्रिकी देशका बालबालिका कुपोषणको मारमा पर्नेछन्।
माइक्रोन्युट्रिएन्ट फोरमका कार्यकारी निर्देशक ओसनदार्पले महिला अहिले गर्भवती रहेका अधिकांश महिलाले कुपोषित शिशु जन्माउने बताए। 

उनले भने, ‘एउटा पूरै पुस्ता जोखिममा छ। कोरोना भाइरस महामारी आउनुअघि कुपोषण विरुद्धको लडाइँ अघोषित रुपमा सफल भएको थियो तर महामारीले यो लडाइँलाई थप लम्ब्याइदिएको छ।’

दस वर्षको उपलब्धि क्षति

ग्लोबल एलायन्स फर इम्प्रुब्ड न्युट्रिसनका कार्यकारी निर्देशक लरेन्स हड्डाडका अनुसार भोकमरी र कुपोषण सदाबहार समस्या हो। तर कोभिड–१९ भन्दा अगाडि यस्तो समस्या कम थियो।

उनले भने, ‘१० वर्षको उपलब्धि १० महिनामै समाप्त भयो।' 

अध्ययन प्रतिवेदनअनुसार महामारीभन्दा विश्वमा अविकसित बालबालिकाको संख्या घट्दै थियो।

सन् २००० मा विश्वभर २० करोड बालबालिका अविकसित थिए भने सन् २०१९ मा आइपुग्दा १४ करोड ४० लाखमा झरेका थिए। 

संयुक्त राष्ट्रसंघले पनि कोरोना महामारीका कारण हरेक महिना १० हजार बालबालिका भोकमपरीबाट ज्यान गुमाउन बाध्य भइरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। 

गाउँमा उत्पादित वस्तु बजारसम्म लैजान नसक्दा र गाउँमा खाद्य तथा औषधिजन्य वस्तुहरू आपूर्ति हुन नसक्दा भोकमपरी बढ्ने आशंका राष्ट्रसंघको छ।

राष्ट्रसंघका अनुसार हरेक महिना पाँच लाख ५० हजार बालबालिका कुपोषित हुने गरेका छन्। 

विश्व स्वास्थ्य संगठनका पोषण प्रमुख फ्रान्सेस्को बांक्राले भने, ‘कोरोना महामारीका कारण आगामी कैयौं वर्षसम्म खाद्य सुरक्षामा प्रभाव पर्नेछ । यसले सामाजिक रूपमा नकारात्मक असर पर्ने पक्का छ।’

युनिसेफले पनि महामारीका कारण गरिबी बढ्दा एउटा पुरै पुस्ताको भविष्य खतरामा रहेको चेतावनी दिएको छ। 

युनिसेफका कार्यकारी निर्देशक हेनिरियटा फोरले भने, ‘स्वास्थ्य, शिक्षा, पोषण जस्ता प्रमुख सेवा अवरुद्ध हुँदा गरिबीको दर बढ्नेछ। यो बालबालिकाका लागि निकै खतराको कुरा हो।’

उनले कोरोना भाइरस महामारीको समस्या जति बढ्दै जान्छ, उत्ति नै शिक्षा, स्वास्थ्य, पोषण र कल्याणमा गहिरो असर पर्ने बताए। एपी
 

प्रकाशित: Dec 16, 2020| 09:02 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।