शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बीपी प्रतिष्ठानका समस्या सम्वोधनका लागि सरकारले वार्ता टोली गठन गर्ने

बीपी प्रतिष्ठानका समस्या सम्वोधनका लागि सरकारले वार्ता टोली गठन गर्ने

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सम्वोधनका लागि सरकारले वार्ता टोली गठन गर्ने भएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

विराटनगर– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सम्वोधनका लागि सरकारले वार्ता टोली गठन गर्ने भएको छ। 

triton college

प्रधानमन्त्री कार्यालयका सचिव वैकुण्ठ अर्याल नेतृत्वमा बनेको छानबिन समितिले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउँदैछ। छानबिन प्रतिवेदनसँगै सरकारले वार्ता टोली गठन गर्ने तयारी गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन्। 

सरकारले बनाउने वार्ता समितिले बीपी प्रतिष्ठान धरानको समस्या समाधान निकाल्ने मन्त्री श्रेष्ठले बताए। आन्दोलनरत पक्षले प्रतिष्ठानका पदाधिकारीसँग वार्ता नगर्ने अडानसहित उच्चस्तरीय वार्ता टोलीको माग गर्दै आएका थिए। 

प्रतिष्ठानका आन्दोलनकारीले मंगलबार साँझसम्म उच्चस्तरीय वार्ता टोली गठन गरेर सरकारले समस्या समाधानको पहल नथाले बुधबारदेखि काममा नजाने घोषणा गरेका छन्। सरकारलाई आन्दोलनकारीले दिएको ७२ घण्टाको अल्टिमेटम मंगलबार साँझसम्मको छ।

आन्दोलनरत संयुक्त संघर्ष समितिको आह्वान अनुसार अहिले कालोपट्टी बाँधेर काम गरिरहेका आन्दोलनकारीले आइतबार डिन अफिसहरुमा तालाबन्दी गरेका थिए। प्रतिष्ठानमा ४९ दिनदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 02, 2021| 13:48 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।