शुक्रबार, वैशाख १४, २०८१

‘कांग्रेसकै नेतृत्वमा चौथो ऐतिहासिक आन्दोलन’  

पोखरामा नेपाली कांग्रेसले प्रदर्शनसहित विरोध कार्यक्रम गरेको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

पोखरा– पोखरामा नेपाली कांग्रेसले प्रदर्शनसहित विरोध कार्यक्रम गरेको छ।

triton college

चिप्लेढुंगाबाट सुरु भएको र्‍याली महेन्द्रपुल नयाँ बजार हुँदै पृथ्वीचोकमा सभामा परिणत भएको थियो। र्‍याली तथा सभामा पार्टीका नेता कार्यकर्तासहित भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। 

भेलालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफ्नो पार्टी अब चौथो ऐतिहासिक आन्दोलनमा होमिएको बताए। ‘राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्धको आन्दोलनको नेतृत्व कांग्रेसले नै लिएको हो। अब कम्युनिस्ट अधिनायकवाद शासनविरुद्ध आन्दोलनको जिम्मेवारी पनि हामीमाथि नै आइलागेको छ,’ उनले भने। 

दुईतिहाइ प्राप्त सरकार जनताका आवश्यकता पूरा गर्नमा भन्दा पनि भ्रष्टाचार र अनियमिततामा लिप्त रहेको भन्दै उनले यो सरकारबाट नागरिकले कुनै पनि सकारात्मक अनुभूति गर्न नसकेको बताए।

कोभिड १९  को महामारी नियन्त्रणमा जिम्मेवार नभएको सरकार यसैका नाममा भ्रष्टाचार गर्न भने अघि तम्सेको उनको आरोप थियो। ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार अचाक्ली बढ्यो भनेर निकालेको प्रतिवेदन अहिलेको सरकारलाई अपच भएको उनको आरोप थियो। 

corrent noodles
Metro Mart

कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले कम्युनिस्ट सरकारले नेपालमा भ्रष्टाचारलाई संस्थागत बनाउने काम गरेको आरोप लगाए। जनमतलाई लत्याउँदै आफू अनुकूलका कार्यक्रम गर्दै जाने कामले राजनीतिक रुपमा कम्युनिस्टलाई नै घात हुने उनको भनाइ थियो। 

पूर्व मन्त्री यज्ञबहादुर थापाले कम्युनिस्ट सरकारको जनविरोधी क्रियाकलापको परिणाम उसले आगामी चुनावमा भोग्ने बताए। उनले भने, ‘अब ३ तहको चुनाव आउन लागेको छ, त्यतिबेला जनताले देखाइदिनेछन् जनमतमा कति तागत हुन्छ भनेर।’

पहिला पहिला राजाको घोडा आयो बाटो छोड छोड भन्ने भनाइ प्रशिद्ध रहेको स्मरण गर्दै उनले अब कांग्रेसको घोडा आयो बाटो छोड छोड भनेर आफूहरु संघर्षको मैदानमा उत्रेको भनाइ राखे। अहिले राजवादीले कुनै न कुनै वहानामा सलबलाई राखेको तर्फ संकेत गर्दै उनले नेपालमा राजतन्त्र पुनस्र्थापनाको कुनै गुन्जायस नरहेको बताए।

सुतेर बसेको बाघलाई ब्युँझाएजसरी तनहुँ घटनाबाट सरकारले कांग्रेसलाई ब्युँझाएको भन्दै उनले अब सरकार ढाल्ने गरी आफूहरु आन्दोलनमा उत्रेको भनाइ राखे। उनले भने, ‘तनहुँमा रावणले राममाथि आक्रमण गरे, त्यो हामीलाई असह्य छ।’ 

नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष महादेव गुरुङले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले चाहेको खण्डमा फू गरेर सरकार ढाल्न सक्छु भनेजस्तै अहिले पनि अवस्था त्यहि रहेको बताए। कोभिडका सामान्य बिरामीको समेत उपचार गर्न नसक्ने सरकारले ठूला कुरा गरेको पटक्कै नसुहाउने उनको भनाइ थियो। 

कार्यक्रममा कांग्रेस नेता खेमराज पौडेल, कास्की सभापति कृष्णबहादुर केसी, उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, कोषाध्यक्ष लक्ष्मी पाण्डे, तरुण दल जिल्ला अध्यक्ष मनोज गुरुङ लगायतले कम्युनिस्ट सरकारको अधिनायक व्यवहारका विरुद्ध जुध्नुको विकल्प नरहेको बताएका थिए। 
  

प्रकाशित: Dec 14, 2020| 09:42 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।