शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मेरो प्रदर्शन खस्किएकाे भन्ने टिप्पणीबारे प्रशिक्षक र दर्शकले नै जज् गरून्: विराज महर्जन

मेरो प्रदर्शन खस्किएकाे भन्ने टिप्पणीबारे प्रशिक्षक र दर्शकले नै जज् गरून्: विराज महर्जन

तपाईंको प्रदर्शन खस्किएको भनिन्छ नि ? भन्ने प्रश्नमा कप्तान महर्जन भन्छन्, ‘मेरो प्रदर्शन खस्केको भन्ने कुरामा प्रशिक्षक र दर्शकबाटै जज् होस भन्ने चाहान्छु।’
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका सिनियर खेलाडी विराज महर्जनले राष्ट्रिय टिममा फर्कन पाउँदा खुसी लागेको बताएका छन्।

triton college

प्रशिक्षकसँगको विवादका कारण टिमबाट बाहिरिएका भनिएका महर्जन राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दा–सम्हाल्दै टिममा पर्न छोडेका थिए।

उनले सो विवादबारे भने, ‘प्रशिक्षक र मबारे बाहिर प्रचार भए जति विवाद भने थिएन।’

उनले मछिन्द्र क्लबबाट कप्तानी गरेर टिमलाई ए डिभिजन लिग जिताए पनि यसअघि राष्ट्रिय टिममा भने स्थान बनाउन सकेका थिएनन्।

‘हरेक खेलाडीको इच्छा हुन्छ, राष्ट्रिय टिमबाट खेलौं, देशको सान बचाइराखौं भन्ने,’ उनले भने, ‘तर कप्तानका रूपमा ए डिभिजन लिग जितेपछि राष्ट्रिय टिमको क्लोज क्याम्पमा नपर्दा एकदमै पीडा हुने रहेछ।’

corrent noodles
Metro Mart

एन्फाले फिफा विश्वकप २०२२ र एसिया कप २०२३ छनोटका लागि ५८ जना खेलाडी बन्द प्रशिक्षणमा बोलाउँदा कप्तान महर्जन पनि सुरुआती टिममा अटाएका छन्।

कोरोना महामारीका कारण लामो समय रोकिएको अन्तर्राष्ट्रिय खेल सुरु गर्ने एसियाली फुटबल महासंघ (एएफसी)को निर्णयसँगै नेपालमा पनि आजबाट फुटबल प्रशिक्षण सुरु भएको छ।

महर्जनले प्रशिक्षण अघि भने, ‘एकदम खुसी लागेको छ। एक वर्षपछि फुटबलमा फर्किएका छौँ। यसबीच धेरै नयाँ कुरा अनुभव पनि गर्न पाइयो। मेरो पूरा खेल जीवनमा यो नै सबभन्दा लामो समय हो, स्क्वाडभन्दा बाहिर बस्नु परेको।’

तपाईंको प्रदर्शन खस्किएको भनिन्छ नि ? भन्ने प्रश्नमा कप्तान महर्जन भन्छन्, ‘मेरो प्रदर्शन खस्केको भन्ने कुरामा प्रशिक्षक र दर्शकबाटै जज् होस भन्ने चाहान्छु।’

नेपालमा हुन लागेको विश्वकप र एसियाकप छनोटको खेल पाँच वर्षपछि हुन लागेको घरेलु खेल हो। 

यसले नेपाली खेलाडीमा उत्साह थपेको महर्जनको तर्क छ। 

उनले भने, ‘पाँच वर्षपछि होम गेम हुँदैछ, यो उत्साहजन कुरा हो। होममा खेल्दा धेरै सहज फिल हुन्छ भने बाहिरको मैदानमा खेल्दा असहज अनुभव हुन्छ।’

त्यस्तै आउँदो खेलका लागि ५८ टिमबाट अन्तिम ११ खेलाडीमा पर्न निकै दबाब हुने कप्तान महर्जन बताउँछन्। 

टिममा परे भने आफ्नो दायित्व पूरा गर्ने उनको भनाइ छ। 

‘संन्यास लिन मन छ’

प्रशिक्षणअघि पत्रकारसँगको भेटघाटमा कप्तान महर्जनले संन्यासबारे पनि विचार व्यक्त गरेका छन्।

‘एन्फालाई कुरा पनि राखेको छ, एउटा राम्रो खेलको अवसार पाएँ भने राष्ट्रिय टिमको उत्कृष्ट लिडरलाई कप्तानी सुम्पिएर संन्यास लिन मन छ,’ उनले भने।

बन्द प्रशिक्षणका लागि बोलाइएका ५८ खेलाडीमध्ये चारजना आइपुगेका छैनन्। 

उपलब्ध खेलाडीहरूमा टिम ‘ए’ र टिम ‘बी’ गरी प्रशिक्षण गराइँदै छ। 

टिम ‘ए’ को प्रशिक्षण बिहान ९ देखि ११ बजेसम्म हुन्छ भने ‘बी’ टिमको प्रशिक्षण दिउँसो २ बजेबाट ४ बजेसम्म हुन्छ।

कप्तान महर्जन टिम ‘ए’ मा छन्। टिम ‘ए’ मा २८ खेलाडी छन्।

प्रकाशित: Dec 13, 2020| 16:15 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।