शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित सेवाको सुरुआत 

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित सेवाको सुरुआत 

ग्लोबल आइएमई बैंकले एकैपटक ६ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंकले एकैपटक ६ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। 

triton college

बैंकले तेह्रथुमको फेदाप गाउँपालिका, धनुषाको नगराईन नगरपालिका, दैलेखको दुल्लु नगरपालिका र भैरवी गाउँपालिका, बाग्लुङको बढीगाड गाउँपालिका र पाँचथरको याङवरक गाउँपालिकामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। 

६ नयाँसहित शाखारहित बैंकिङ सेवाको संख्या २३८ पुगेको छ। 

शाखारहित बैंकिङ सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्नेलगायत सुविधा प्राप्त गर्ने छन्। 

बैंकका ७३ जिल्लामा २६४ शाखा, २३९ एटीएम, ४७ एक्सटेन्सन काउन्टर र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत २१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 13, 2020| 11:29 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्