शुक्रबार, वैशाख १४, २०८१

१५ जना शिक्षकलाई कोरोना भएपछि दुई विद्यालय बन्द

सुर्खेतका १५ जना शिक्षकलाई कोरोना संक्रमण भएको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

सुर्खेत– सुर्खेतका १५ जना शिक्षकलाई कोरोना संक्रमण भएको छ। पञ्चपुरी नगरपालिकाका सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेका ११ जना र विद्याज्योती माध्यमिक विद्यालय बावियाचौरका ३ जना शिक्षक र एक जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको हो। 

triton college

संक्रमितमध्ये एक जना प्राधानाध्यापक हुन्। संक्रमितहरु होम आइसोलेसनमा बसेका छन्। एकै पटक धेरै शिक्षकलाई कोरोना भएपछि दुवै विद्यालय अनिश्चित समयका लागि बन्द गरिएको संक्रमित एक शिक्षकले बताए।

‘शिक्षकमा नै कोरोना संक्रमण देखिएपछि विद्यार्थीहरु त्रसित छन्’ ती शिक्षकले भने, ‘अब विद्यालय कहिले खुल्छ भन्ने नै निश्चित छैन ।’ आजदेखि नै सूचना प्रकाशित गरेर अर्काे सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको छ। दुवै विद्यालयमा गरी करिब दुई हजार ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

कक्षा १ देखि १२ सम्म अध्ययन हुने सूर्यप्रकाशमा मात्रै १५ सयभन्दा बढी विद्यार्थी छन् । चैतदेखि बन्द रहेका ती विद्यालय तिहारलगत्तै खुलेका थिए।

केही शिक्षकलाई कोरोनासँग मिल्दो लक्षण देखिएपछि दुवै विद्यालयका शिक्षक र कर्मचारी गरी ३९ जनाको स्वाब संकलन गरिएको थियो । पञ्चपुरी नगरपालिकाले मंसिर २४ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि वीरेन्द्रनगर पठाएको थियो।

corrent noodles
Metro Mart

वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणले शनिबार साँझ १५ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि गरेको हो।

प्रकाशित: Dec 13, 2020| 10:10 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।