शनिबार, वैशाख १५, २०८१

प्रदेश १ मा अस्पतालजन्य फोहोरलाई व्यवस्थित गरिने

प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ। अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन राम्रो हुँदा विभिन्न किसिमको संक्रमण फैलिन थालेपछि व्यवस्थित गर्न लागिएको हो।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

विराटनगर- प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ। अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन राम्रो हुँदा विभिन्न किसिमको संक्रमण फैलिन थालेपछि व्यवस्थित गर्न लागिएको हो।

triton college

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले १४ जिल्लाकै सरकारी अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापनका लागि सरकारले काम शुरु गरिसकेको बताए। उनले निजी अस्पतालको फोहोर व्यवस्थापन चुनौतिपूर्ण रहेको बताए। निजी अस्पतालको फोहोर व्यवस्थापनका लागि पनि अस्पताल सञ्चालकहरुसँग मन्त्रालयले छलफल अघि बढाएको मन्त्री घिमिरेको भनाइ छ।

विराटनगरमा निजीस्तरबाट सञ्चालित साना अस्पतालको फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय साँझेदारी मोडलबाट काम गर्ने तयारी गरिएको उनले बताए। मन्त्री घिमिरेले भने, ‘प्रदेश सरकार, महानगरपालिका र निजी अस्पतालबीच साँझेदारी हुनेछ।’ फोहोर व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा रहेको मन्त्री घिमिरेले बताए। उनले अस्पतालमात्र नभएर हरेक फोहोरको सफाईमा प्रदेश सरकार लागि परेको बताए।

सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेट समेत विनियोजन भईसकेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहताले बताए। 

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासले कोशी अस्पतालमा फोहोर व्यवस्थानको काम शुरु भएको बताए।

corrent noodles
Metro Mart

फोहोर जलाउने नभई कमाउने माध्यमका रुपमा लिनुपर्ने डा. दासको भनाइ छ। कोशीको मेसु भएर आएलगत्तै फोहोर व्यवस्थापनबारे चासो लिएको उनले बताए। एउटा निजी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिइसकेको डा. दासले बताए। 

अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० ले इनरुवा अस्पताल र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको फोहोर व्यवस्थापनको अध्ययनगर्दा अस्पतालजन्य फोहोर व्यवस्थापनमा खासै ध्यान नदिएको पाईएको हिकाफका कार्यकारी निर्देशक महेश नकर्मीले बताए।

इनरुवा अस्पतालको फोहोर व्यवस्थापन लथालिंग नै रहेको पाइएको उनले बताए। नकर्मी भने, ‘कोशी कोभिडको केही व्यवस्थित भए पनि धेरै गर्न बाँकी छ।’ अस्पतालहरुले फोहोर व्यवस्थापनलाई खासै महत्व नदिएको उनको भनाइ छ।

प्रकाशित: Dec 12, 2020| 09:05 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।