शुक्रबार, वैशाख १४, २०८१

घरमै बसेका ३० लाख नेपाली कोरोना संक्रमित ! 

सरकारले समुदायमा गरेको एक सर्वेक्षणमा करिब ३० लाख नेपाली कोरोना संक्रमित देखाएको हो।
 |  शुक्रबार, मंसिर २६, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– नेपालमा बिहीबारसम्म दुई लाख ४४ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। अर्को एउटा तथ्यांकले भने घरमै बसेका ३० लाख नेपाली कोरोना संक्रमित भएको देखाएको छ। कसरी?

triton college

सरकारले समुदायमा गरेको एक सर्वेक्षणमा करिब ३० लाख नेपाली कोरोना संक्रमित देखाएको हो। घरभित्रै बसेका मानिसमा आधारित रहेर ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गरिएको थियो।

यसरी सर्वेक्षण गर्दा १० प्रतिशतलाई संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या करिब तीन करोड छ। सोही आधारमा सरकारले १० प्रतिशत नेपालीमा कोरोना संक्रमण रहेको अनुमान गरेको हो।

७७ मध्ये ७५ जिल्लामा गरिएको सर्वेक्षणमा एउटा प्रदेशबाट ४५० गरी जम्मा तीन हजार २०० नमुना संकलन गरिएको थियाे।
 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्राविधिक सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको समन्वयमा देशभर एकैसाथ सर्वेक्षण गरिएको थियो।

corrent noodles
Metro Mart

समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन सरकारले भदौ अन्तिमदेखि देशभर ‘सेरो सर्वेक्षण’ गरिएकाे महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए। 

उनका अनुसार मानिसमा रोगसँग लड्ने क्षमता कति छ भन्ने थाहा पाउन सेरो सर्वेक्षण गरिएको थियो। तर यसरी संक्रमितको विवरण भने सरकारसँग छैन।

कोरोना संक्रमण भएको १४ दिनपछि मानिसमा एन्टिबडी उत्पन्न हुन्छ। 

उनले भने, ‘सेरो सर्वेक्षणबाट संक्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेको छ भन्ने थाहा हुन्छ। म रोगसँग लड्ने एन्टिबडी कति बनेको छ भनेर हेर्न पनि सेरो सर्वेक्षण गरिएको थियो।’

सेरो प्रिभिलेन्स सर्वेक्षण रगतबाट गरिने एउटा परीक्षण हो। समुदायको तत्काल संक्रमणको अवस्था पत्ता लगाउन पीसीआर परीक्षण गरिन्छ भने समुदायमा कति मानिस संक्रमित बनेका थिए भनेर अध्ययन गर्न सेरो प्रिभिलेन्स सर्वेक्षण गरिन्छ। 

डा. पाण्डेका अनुसार सेरो प्रिभिलेन्स सर्वेक्षणबाट थाहै नपाई निको भएका र लक्षण नदेखिएरै निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुन्छ। सर्वेक्षणले कोरोना संक्रमण भएर पनि थाहै नपाई निको भएका बिरामीमा भाइरस रहेको पनि पत्ता लगाउँछ। 

सर्वेक्षणबाट पत्ता लागेको नतिजामा घरभित्रै रहेका मानिस भएकाले उनीहरुको तथ्यांक सरकारी तथ्यांकमा नसमेटिएको महाशाखाका अधिकारी बताउँछन्। महाशाखाले सर्वेक्षण प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइसकेको छ। मन्त्रालयले भने प्रतिवेदन सार्वजनिक गरेको छैन। 

निर्देशक डा. पाण्डेका अनुसार बालकदेखि बृद्धसम्म सबै उमेर समूहमा एन्टिबडी  देखिएको छ। अझ १५ देखि ४५ वर्ष उमेर समूहमा धेरै एन्टिबडी देखिएको छ। 

उनीहरुले आफूलाई कतिबेला संक्रमण भयो भन्ने नै जानकारी पाउन सकेका छैनन्। उनीहरुमा कुनै पनि लक्षण नदेखिएको बताइएको छ। यो संख्या अझै धेरै हुन सक्ने इपिडिमियोलोजीको अनुमान छ । 

डा. पाण्डका अनुसार सर्वेक्षण गरिएको समयमा नेपालमा कोरोना संक्रमितको संख्या निकै बढेको थियो। तर सर्वेक्षणको योजना बनाउँदा यति धेरै कोरोना संक्रमण बढेको थिएन।  त्यसैले समाजमा कतिको असर गर्याे भन्ने निर्क्याेल गर्न अब पुनः परीक्षण गर्नुपर्ने देखिएको छ। त्यसका लागि अब नयाँ विधिबाट परीक्षण गर्ने योजना बनाइएको डा. पाण्डेले बताए।

काठमाडौं र प्रदेश २ मा बढी संक्रमित

हिमाली र पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा संक्रमित धेरै देखिएका छन्।

निर्देशक डा. पाण्डेले भने, ‘सबै जिल्लामा समुदायमा संक्रमण देखिएको छैन। तर घनाबस्ती भएका जिल्लामा भने समुदायमा संक्रमण फैलिएको छ।’ 

सर्वेक्षणले काठमाडौं र प्रदेश २ मा समुदायमा कोरोना फैलिएको देखाएको डा. पाण्डेले बताए।  

कोरोना संक्रमण न्यूनीकरण गर्ने हो भने परीक्षणको दायरा बढाउनुपर्ने उनको भनाइ छ। परीक्षण बढाउँदा भ्याक्सिन अर्डर गर्न सहज हुने डा. पाण्डेले बताए। 

नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। तीमध्ये बिहीबारसम्म दुई लाख ४४ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रकाशित: Dec 11, 2020| 07:30 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।