शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हत्या गरिएका प्रधानाध्यापकलाई न्याय नमिले आन्दोलन गर्ने शिक्षकहरुको चेतावनी

हत्या गरिएका प्रधानाध्यापकलाई न्याय नमिले आन्दोलन गर्ने शिक्षकहरुको चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहद्वारा हत्या गरिएका मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको परिवारले न्याय नपाए आन्दोलन गर्ने चेतावनी दिइएको छ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

विराटनगर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहद्वारा हत्या गरिएका मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको परिवारले न्याय नपाए आन्दोलन गर्ने चेतावनी दिइएको छ।

triton college

बिहीबार श्रेष्ठको अन्तिम दाहासंस्कार तथा श्रद्धाञ्जली सभामा नेपाल शिक्षक महासंघका केन्द्रीय उपमहासचिव दिनानाथ तिम्सिनाले पीडित परिवारले न्याय नपाए सबै शिक्षक मिलेर आन्दोलन गर्नुको विकल्प नरहने बताए।

आपराधिक समूहबाट एउटा शिक्षकको हत्या भएको भन्दै तिम्सिनाले भने, ‘तत्काल पीडित परिवारले न्यायको अनुभूति गर्न नपाए सबै शिक्षक एकतावद्ध भएर आन्दोलनमा जान्छौं।’ उनले यस घटनालाई सामान्य ठानिएमा भोलिका दिनमा अन्य शिक्षक पनि विप्लव समूहको क्रुर र अपराधिक व्यवहारको शिकार बन्नुपर्ने अवस्था आउने बताए।

बालबालिकालाई कखरा सिकाउने र समाजमा सधै शिक्षाको ज्योति छर्ने शिक्षकको हत्या गरेर विप्लव समूहले आफ्नो अमानवीय व्यवहार छर्लङ्ग पारेको उनको तर्क छ।

नेकपा केन्द्रीय सदस्य गुरु बरालले कुनै पनि राजनीतिक एजेन्डाबिना आन्दोलनको नाम दिएर व्यक्ति हत्या गर्ने छुट कसैलाई नभएको बताए। हत्या जस्तो जघन्य अपराधमा संलग्न भएर विप्लव समूहले आफ्नो हिंस्रक रुप देखाएको उनको भनाइ छ। विप्लव समूहले हिंसाको बाटोबाट तानाशाही प्रवृत्ति देखाउन खोजेकोले यो सफल नहुने भन्दै उनले गलत र अपराधिक गतिविधी निस्तेज गर्न सरकारले ढिला गर्न नहुने बताए।

corrent noodles
Metro Mart

मिक्लाजुङ गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यले घटना हेर्दा राज्य निरिह र विप्लव समूह शक्तिशाली बनेकोजस्तो देखिएको बताए। प्रधानाध्यापक श्रेष्ठको हत्याले सबैलाई स्तब्ध बनाएको उनले बताए। 

गाउँको विकास, समाज सेवा र शिक्षा क्षेत्रको उन्नयनमा सक्रिय रहेर अहोरात्र खट्ने शिक्षकलाई विप्लव समूहले सुकारीको आरोप लगाएर हत्या गरेको स्थानीयको भनाइ छ।

विप्लव समूहले घटनाको जिम्मा लिएर सार्वजनिक गरेको विज्ञप्तिमा आफ्नाविरुद्ध सुराकी गरेको र सच्चिन पटकपटक आग्रह गर्दा पनि नसच्चिएको उल्लेख छ। उसले हतियारले आक्रमण गर्न थालेपछि प्रतिकारमा शिक्षक श्रेष्ठको मृत्यु भएको दाबी गरे पनि घटनाको वास्तविकता त्यस्तो नरहेको प्रहरीले जनाएको छ।

कुनै हतियार साथमा नभएको अवस्थामा घरबाटै निसशस्त्र रुपमा अपहरण गरेर लगेपछि आफ्नै नियन्त्रणमा राखेर उक्त समूहले उनको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ। 

मिक्लाजुङ गाउँपालिका–१ स्थित बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको विप्लव समूहले मंगलबार बिहान घरबाट अपहरण जंगलमा लगेर घाँटी रेटेर हत्या गरेको थियो। 

प्रकाशित: Dec 10, 2020| 13:14 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।