शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा  

हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा  

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरी राजादेखि विप्लव समूहसम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन्। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरी राजादेखि विप्लव समूहसम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन्। 

triton college

हेटौंडामा बिहीबार पार्टीको चुनाव चिह्न हलो तथा झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाको निमित्त सर्वपक्षीय सम्मेलन हुनुपर्ने माग गरेका हुन्। 

उनले नेपाली जनताको अभिमत र राजनीतिक दलको सहयोगमा  राजसंस्था पुनस्र्थापित हुने बताए। 

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशिको एजेन्डा भएको चर्चा गर्दै थापाले जनताले यी विषय विदेशी एजेन्डा भएको बताएका छन्। 
थापाले राजसंस्था र हिन्दूराष्ट्रको माग राखी देशव्यापी जनप्रदर्शन भएकोमा खुसी व्यक्त गरेका छन्। 

राप्रपालाई मुलुकको वैकल्पिक शक्ति बनाउन जनताको सहयोग आवश्यक भएको भन्दै संगठन सुदृढीकरणमा लाग्न थापाले कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। 

corrent noodles
Metro Mart

परिवर्तनपछि राजा ज्ञानेन्द्रको शालिन र मर्यादित भूमिका र व्यवहारको पनि थापाले खुलेर प्रशंसा गरे। 

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले व्याप्त विकृती र विसङ्गतीका कारण विद्रोहको अवस्था आएको बताए। 

राप्रपाका युवा नेता राजाराम बर्तौलाले राप्रपा र पार्टी नेतृत्वका कारण एजेन्डाको जग खडा भएको भन्दै राप्रपाको नेतृत्वमा अब आन्दोलनको आँधिबेहरी ल्याउनुपर्नेमा जोड दिए। 

कार्यक्रममा नेताहरु विजय खड्का, नवराज बिष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, खिल चौलागाईं, ज्ञानेन्द्र ढुङ्गेल, गुरुप्रसाद सापकोटा, इन्दिरा पाठकलगायतले बोलेका थिए।
 

 

प्रकाशित: Dec 10, 2020| 11:45 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।