शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आपसी सहयोग र सहकार्यले मात्रै अन्तरदेशीय अपराध नियन्त्रण गर्न सकिन्छ : प्रहरी महानिरीक्षक

आपसी सहयोग र सहकार्यले मात्रै अन्तरदेशीय अपराध नियन्त्रण गर्न सकिन्छ : प्रहरी महानिरीक्षक

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्तरदेशीय अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्तरदेशीय अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।

triton college

चीनमा सुरु भएको सुरक्षासम्बन्धी एक सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले यस्तो बताएका हुन्।

‘संगठित र बढ्दो अन्तरदेशीय अपराधको प्रभावकारी रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि विश्वभरका कानुन कार्यान्वयन गर्ने निकायहरूबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको छ,’ उनले भने, ‘विज्ञान र प्रविधिको विकाससँगै भित्रिएका नवीन सुरक्षा चुनौतीको सफलतापूर्वक समाधान गर्न सहज हुनेछ।’ 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साइबर अपराध, अन्तर्राष्ट्रिय संगठित अपराध, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागुऔषध ओसारपसारजस्ता अपराधको नियन्त्रण गर्न फोरमको आयोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे।

अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानुनको अधिनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सवल साझेदारी स्थापनाका लागि हातेमालो गरी अघि बढ्न नेपाल प्रहरी सदैव तयार रहेको प्रष्ट पारे। 

corrent noodles
Metro Mart

बिहीबार सम्पन्न हुने उक्त फोरममा ३० भन्दा बढी राष्ट्रका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुख र प्रतिनिधिहरूले भिडियो कन्फेरेन्समार्फत् सुरक्षा साझेदारी र सहयोग सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: Dec 09, 2020| 13:40 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।