मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारको स्टिङ अपरेसनविरूद्ध परेको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

अख्तियारको स्टिङ अपरेसनविरूद्ध परेको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अपरेसन’ विरूद्ध परेको रिटउपर आज पनि संवैधानिक इजलासमा पेशी तोकिएको छ। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अपरेसन’ विरूद्ध परेको रिटउपर आज पनि संवैधानिक इजलासमा पेशी तोकिएको छ। 

triton college

पटक पटक संवैधानिक इजलासमा सुनुवाइ भइरहे पनि अहिलेसम्म उक्त मुद्दाको टुंगो लागिसकेको छैन ।

अख्तियारले गर्दै आइरहेको स्टिङ अपरेसनविरूद्ध अधिवक्ता विष्णु घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

आज बुधवार पनि उक्त रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की,  मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासमा पेशी तोकिएको हो। 

उक्त रिट निवेदनमा कानुन व्यवसायीका तर्फबाट बहस सकिएको छ भने सरकारी वकिलहरुको तर्फबाट बहस सकिएको छैन। आज पनि बहस गर्ने र बहस सकिएमा संवैधानिक इजलासबाट आदेश आउन सक्ने स्रोतले जनाएको छ। 

corrent noodles
Metro Mart

यसअघि संवैधानिक इजलासमा भएको सुनुवाइमा मुद्दालाई हेर्दाहेर्दैमा राखिदै आइएको छ।
 
अख्तियारले गर्दै आएको अपरेशन संविधान र कानुनविपरीत भएको रिट निवेदनकर्ताको ठहर छ। 

अख्तियारले गत वर्ष आर्थिक वर्षमा विशेष अदालतमा दायर गरेका ४ सय ४० वटा भ्रष्टाचार मुद्दामध्ये १ सय ८१ वटा मुद्दा स्टिङ अपरेसनका छन्।

प्रकाशित: Dec 09, 2020| 05:47 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।