शनिबार, वैशाख १५, २०८१

जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा 

निर्माण शुरु भएको ८ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

जनकपुर– निर्माण शुरु भएको ८ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ। 

triton college

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगलबार भवनको उद्घाटन गरेका हुन्। 

यसअघि २०२४ सालमा निर्माण भएको टर्मिनल भवनबाट सेवा प्रवाह भइरहेको थियो। 

२०६९ कार्तिकमा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए। 

डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो। 

corrent noodles
Metro Mart

प्राविधिक समस्या, रकम अभाव लगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माण कार्यको पटकपटक समय थप्दै ८ वर्ष पु¥याइएको थियो। निर्माण सम्पन्न हुँदा ४५ करोड रुपैयाँ लागत परेको छ। 

नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै भीडभाडको समस्या अन्त्य हुने विमानस्थलका वरिष्ठ अधिकृत विकासकुमार झाले बताए। 

नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २५० यात्रु बस्न सक्ने छन्। टर्मिनल भवनमा स्तनपान कक्ष र धुम्रपान कक्षसमेत बनाइएको छ।
जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीन निजी विमान कम्पनीले सेवा दिंदै आएका छन्। 

बुद्ध एयरले दैनिक तीन, यति एयरले दुई र श्री एयरलाइन्सले काठमाडौं–जनकपुर दैनिक एक उडान गर्दै आएको छ।  

टर्मिनल भवनपछि धावनमार्ग विस्तार गर्ने लक्ष्य रहेको विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए। उनका अनुसार १३ सय मिटरको धावनमार्गलाइ १५ सय मिटर पु¥याउने गरी गृहकार्य भइरहेको छ। 
 

प्रकाशित: Dec 08, 2020| 06:36 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्