शुक्रबार, वैशाख १४, २०८१

मानव अधिकारको अवस्थामा सुधार भएन : आयोग

प्रतिवेदनमा कोभिड–१९ को कारण विश्व समुदायसँगै नेपाल पनि प्रभावित बनेको अवस्थामा जनताको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको उल्लेख छ। 
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष देशको मानव अधिकारको अवस्थामा सुधार हुन नसकेको निष्कर्ष निकालेको छ।

triton college

आयोगको २०७६/२०७७ को वार्षिक प्रतिवेदनमा  समाजमा जातीय भेदभावको विद्यमान स्थिति, जीवनको अधिकारमा चुनौती, उपभोक्ताका अधिकार कुण्ठित हुनु, शिक्षा तथा स्वास्थ्य सेवामा सबैको पहुँच हुन नसक्नु जस्ता परिस्थितिले नागरिकका संविधानप्रदत्त हक प्रचलनमा अझै सहज वातावरण बन्न नसकेको उल्लेख छ। 

आयोगको प्रतिवेदनमा उल्लेख छ, ‘वैदेशिक रोजगारीमा गएका श्रमिक श्रमशोषणमा पर्ने गरेको, महिला तथा बाल हिंसाका कारण जनजीवन असहज अवस्थामा रहेको, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति, दलित, महिला, अल्पसंख्यक, जेष्ठ नागरिकलगायतको अधिकारको संरक्षणमा राज्यले विशेष ध्यान पु¥याउन नसक्दा ती वर्ग एवम् समुदायका अधिकार सुनिश्चित हुन सकेको छैन।’ 

प्रतिवेदनमा कोभिड–१९ को कारण विश्व समुदायसँगै नेपाल पनि प्रभावित बनेको अवस्थामा जनताको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको उल्लेख छ। 

आयोगले देशको मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको औंल्याउँदै भविष्यमा सुधारको अपेक्षा गरेको छ।

corrent noodles
Metro Mart

आयोगले  मानव अधिकार संरक्षण र संवर्धनमा संवेदनशील हुन सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। 

प्रतिवेदनमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिएको छ। 

प्रतिवेदनमा २०७६÷२०७७ मा परेका उजुरी, ती उजुरीउपर भएका छानबिन, अनुसन्धान विवरण, सरकारलाई गरेका सिफारिस तथा मानव अधिकार संरक्षण र संर्वद्धनका लागि भविष्यमा गर्नुपर्ने सुधारसम्बन्धी विवरणहरू समावेश छ।

यस अवधिमा मानव अधिकार उल्लंघन भएको भनी १३२ उजुरी दर्ता भएको, नयाँ दर्ता भएका र पुराना गरी ७९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको छ। यस्तै मानव अधिकारका विविध विषयमा १२८ पटक अनुगमन भएको उल्लेख छ।

प्रकाशित: Dec 07, 2020| 10:09 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।