शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भरतपुर अस्पताल : बाँडेरै सकियो जग्गा, संरचना बनाउने ठाउँ छैन

भरतपुर अस्पताल : बाँडेरै सकियो जग्गा, संरचना बनाउने ठाउँ छैन

भरतपुर अस्पतालका नाममा ३० बिघा ११ कट्ठा छ धुर जमिन  छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

चितवन– गत साता देशभर एकै दिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो।

triton college

त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरेका थिए। 

बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नक्सांनअनुसार जग्गा भने अपुग भयो। भरतपुर अस्पतालका नाममा ३० बिघा ११ कट्ठा छ धुर जमिन छ। 

अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले छ बिघा, भरतपुर आँखा अस्पतालले छ बिघा १७ कट्ठा १० धुर, साझा औषधि पसलले एक कट्ठा १० धुर, रक्तसञ्चार केन्द्रले दुई कट्ठा १० धुर प्रयोग गरिरहेका छन्। 

स्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर प्रयोग गर्दै आएको अस्पतालले जनाएको छ। अस्पतालले करिब १० बिघा मात्रै जमिन उपयोग गर्न पाएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले बताए।

corrent noodles
Metro Mart

उनले भने,  “अब संरचना बनाउन हामीलाई जग्गा छैन ।” 

स्वास्थ्यमन्त्री ढकालले शिलान्यास गरेको भवन बोलपत्र प्रक्रियामा छ। अस्पतालको आफ्नो जग्गामा भवन नअट्ने उनले बताए। 

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सिटिइभिटीको पुरानो संरचना रहेका क्षेत्रमा जग्गा लिएर सो भवन बनाउन गृहकार्य थालिएको जानकारी दिए। उनले भभने,  “बाँड्दाबाँड्दै जग्गा अभाव भयो।” 

अस्पतालको गुरुयोजनाअनुसार संरचना निर्माणका लागि अन्य सङ्घसंस्थालाई दिएको तर खाली भएका जग्गा लिनुको विकल्प नभएको उनको भनाइ छ। 

अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा विकास गरिँदै छ। त्यसका लागि आवश्यक संरचना निर्माण गर्न अस्पतालसँग जग्गा नभएको अधिकारी बताउँछन्। 

मदन भण्डारी ट्रमा सेन्टर, बहिरंग भवन, शैक्षिक कार्यक्रम सञ्चालनका लागि भवन र प्रशासनिक भवन निर्माणका लागि अस्पतालसँग जग्गा छैन। गुरुयोजनाअनुसार संरचना निर्माणका काम भने अघि बढिरहेको छ। 

चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामीको उपचार गर्ने संघीय अस्पताल भएकाले जग्गाको अभावमा अस्पतालको विकासमा बाधा नपुग्ने गरी काम अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए। 

तत्कालीन राप्ती दुन विकास कार्यक्रमअन्तर्गत जग्गा वितरण गर्ने आयोग टोली संयोजक कृष्ण बम मल्लले भरतपुर अस्पतालका लागि झन्डै ३१ बिघा जग्गा छुट्याएका थिए। 

अस्पतालले निर्माण गर्न लागेको गुरुयोजनामा जग्गा नाप गर्दा जम्मा २९ बिघा जति मात्रै जमीन देखिन आएको अस्पतालको अभिलेखमा उल्लेख छ। डेढ बिघा जग्गा अतिक्रमणको मारमा परेको देखिन्छ। विगतमा जग्गा पाएका संस्थालाई उचित ठाउँमा व्यवस्थापन गरेर उक्त जग्गा अस्पतालको प्रयोगमा ल्याउनुपर्ने आवश्यकता रहेको सरोकारवाला बताउँँछन्। रासस 

प्रकाशित: Dec 07, 2020| 09:03 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।